बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महिन्द्राकोे एसपी एसपीप्लस ट्रयाक्टर श्रृंखला नेपाली बजारमा

महिन्द्राकोे एसपी एसपीप्लस ट्रयाक्टर श्रृंखला नेपाली बजारमा

महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले आफ्नो सबै नयाँ ‘एसपीप्लस’ ट्रयाक्टर श्रृंखला नेपालमा सुरुवात गरेको छ ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले आफ्नो सबै नयाँ ‘एसपीप्लस’ ट्रयाक्टर श्रृंखला नेपालमा सुरुवात गरेको छ ।

National life

यी ट्रयाक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरूद्वारा सञ्चालित रहेको कम्पनीले बताएको छ । ट्रयाक्टरले कृषि र ढुवानी उपयोगहरूमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य राखेको छ ।

नयाँ महिन्द्रा एसपी प्लस ट्रयाक्टरहरु क्रमशः जेठ ७, ८ र ९ गते क्रमसः  विर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको थियो । शुभारम्भ कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा लि. (भारत) र अग्नि ग्रुपका प्रतिनिधि, स्थानीय डिलर, स्थानीय उद्योग वाणिज्य संघ  र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।  छिट्टै नै नयाँ एसपी प्लस सिरिजको ट्रयाक्टर यसै हप्तासम्ममा वीरगन्ज, चितवन र नेपालगन्जमा पनि सार्वजनिक हुने भएको छ । 

खाल्डाखुल्डीयुक्त र निर्मम भू–भागमा आफ्नो असाधारण निर्माण गुणस्तरयुक्त र कार्य क्षमता प्रदर्शनको लागि प्रसिद्ध, महिन्द्राका ट्राक्टरहरूले कम्पनीलाई डेमिङ अवार्ड र जापानी क्वालिटी मेडल दुवै जिताएका छन् । महिन्द्रा एन्ड महिन्द्रा यो उपलब्धि हासिल गर्ने एक मात्र ट्राक्टर उत्पादक कम्पनी हो र आज घरेलु तथा विश्वबजार दुवैका लागि बहु–कार्यात्मक प्रयोगका लागि विकसित सबैभन्दा विविध दायरा भएको ट्रयाक्टरहरू मध्ये एक भएको छ ।


प्रकाशित: May 24, 2022| 15:55 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्