बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निजी क्षेत्रलाई इन्धन आयातको अनुमति दिने तयारी, अध्ययन कार्यदल गठन

निजी क्षेत्रलाई इन्धन आयातको अनुमति दिने तयारी, अध्ययन कार्यदल गठन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलको नेतृत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल छन्।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९
National life
Shivam cement

काठमाडौं- पेट्रोलियम पदार्थ आयातको अनुमति निजी क्षेत्रलाई पनि दिन सरकारले तयारी थालेको छ। पेट्रोलियम पदार्थको आयात गर्न निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको हो। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलको नेतृत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल छन्। समितिमा नेपाल आयल निगमका कार्यकारी निर्देशक पनि रहेका छन्।

पेट्रोलियम क्षेत्रका समस्या समाधानका विषयमा पनि कार्यदलले अध्ययन गर्ने अख्तियारी पाएको छ। 

प्रकाशित: May 24, 2022| 15:38 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्