सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्धनको मूल्यवृद्धिबारे छलफल माग गर्दै संसदमा प्रस्ताव दर्ता

इन्धनको मूल्यवृद्धिबारे छलफल माग गर्दै संसदमा प्रस्ताव दर्ता

प्रस्तावको प्रस्तावकमा एमालेका मुख्य सचेतक विशाल भट्टराई छन्। एमालेका यज्ञराज सुनुवार र गणेश पहाडी एवं राप्रपाका राजेन्द्र लिङ्देन समर्थक छन्।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राप्रपा सांसदले इन्धनमा भएको मूल्यवृद्धिबारे छलफल गर्न माग गर्दै संसद्‍मा प्रस्ताव दर्ता गराएका छन्।

पेट्रोलियम पदार्थ, इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धिका विषयमा छलफल माग गर्दै प्रतिनिधि सभामा दुवै दलका सांसदले मंगलबार 'जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव' दर्ता गराएका हुन्। 

प्रस्तावको प्रस्तावकमा एमालेका मुख्य सचेतक विशाल भट्टराई छन्। एमालेका यज्ञराज सुनुवार र गणेश पहाडी एवं राप्रपाका राजेन्द्र लिङ्देन समर्थक छन्। 

पेट्रोलियम पदार्थको बिक्री मूल्य १५ दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधानविरुद्ध नेपाल आयल निगमले सातामा नै दुई पटक वृद्धि गरिएको भन्दै मूल्यवृद्धि फिर्ता गर्न उनीहरूको माग छ। 

मूल्य वृद्धि न्यूनीकरणका लागि भएका प्रयासबारे छलफल गर्नुपर्ने पनि जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख छ। 


प्रकाशित: May 24, 2022| 15:13 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्