आइतबार, मंसिर ७, २०८२

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि

पटक पटक प्रतियोगिता सर्दै आएको प्रतियोगिताले पछिल्लो मिति सार्वजनिक गरेको हो। हरेक दुई वर्षमा अयोजना हुने भनिएको राष्ट्रिय खेलकुद यसअघि अन्तिम पटक विस २०७५ सालमा भएको थियो।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं- गण्डकी प्रदेशमा आयाजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने भएको छ। मंगलबार युवा तथा खेलकुद मन्त्रालयले पत्रकार सम्मेलन गरेर मिति सार्वजनिक गर्दै प्रतियोगिताबारे जानकारीसमेत दिएको हो। 

National life

पटक पटक प्रतियोगिता सर्दै आएको प्रतियोगिताले पछिल्लो मिति सार्वजनिक गरेको हो। हरेक दुई वर्षमा अयोजना हुने भनिएको राष्ट्रिय खेलकुद यसअघि अन्तिम पटक विस २०७५ सालमा भएको थियो। 

२०७७ मा आयोजना हुने तय भएको प्रतियोगिता कोभिड महामारीका कारण मन्त्रालय र राष्ट्रिय खेकुद परिषद (राखेप)ले खेलकुद प्रतियोगिता स्थगित गर्ने र सार्ने काम गर्दै आइरहेका छन्।

यता लामो समयसम्म राखेपको बोर्डको बोर्ड बैठक बस्न नसकेको कारण प्रतियोगिताको मिति तोकिएको थिए। राखेको पछिल्लो बार्ड बैठकले आगामि जेठ २२ गतेबाट राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो।

'लोगो, मस्कट र नारा सार्वजनिक भैसकेका छन्,' राखेपका सदस्य सचिव टंकलाल घिसिङले भने, 'अहिले खेलाडी छनोट राखेपले गर्दैन। अब प्रदेश खेलकुदले नै गर्छ। नभए प्रदेश मन्त्रालयले गर्छ। त्यसरी हामीले लामै तयारी गर्ने समय राखेर मिति तोकेको थियो। तर हुन सकेन।'

Laxmi sunrise bank
kumari

प्रकाशित: May 24, 2022| 14:52 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।