बिहीबार, असार ११, २०८३

१० महिनामा १६ खर्बको आयात, १४ खर्ब व्यापारघाटा

गत वर्ष सोही अवधिको तुलनामा यस वर्ष २८ प्रतिशत आयात बढेको छ। निर्याततर्फ भने गत वर्षको तुलनामा ५९.८ प्रतिशतले बढेर १ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं- चालु आर्थिक वर्ष १० महिनामा १६ खर्ब १० अर्ब रुपैयाँ बराबरको आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो १० महिनाको तथ्यांकले यस्तो देखाएको हो। 

National life

गत वर्ष सोही अवधिको तुलनामा यस वर्ष २८ प्रतिशत आयात बढेको छ। निर्याततर्फ भने गत वर्षको तुलनामा करिब ६० प्रतिशतले बढेर १ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। 

१० महिनामा कुल व्यापारघाटा बढेर १४ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ। यस वर्ष २५ प्रतिशत व्यापार घाटा बढेको हो। गत वर्षको यसै अवधिमा कुल ११ खर्ब ४५ अर्ब रुपैयाँ बाराबरको व्यापारघाटा थियो। 

आयात निर्यात अनुपात ९.२६ प्रतिशत रहेको छ। यसैगरी कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.२५ रहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। 

कुल आयातमध्ये भारतबाट ९ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको आयात हुादा १ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ। भारतसँगको व्यापारघाटा बढेर ८ खर्ब ५८ अर्ब पुगेको छ।

Shivam cement

यसैगरी चीनबाट नेपालले २ खर्ब २६ अर्ब रुपैयाँको आयात गर्दा ६७ करोड रुपैयाँको मात्रै निर्यात भएको छ। चीनसँग नेपालको व्यापारघाटा २ खर्ब २६ अर्ब रहेको भन्सार विभागले जनाएको छ।

प्रकाशित: May 24, 2022| 14:38 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्