आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता : २६ स्वर्णमा प्रतिस्पर्धा हुँदै

अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता : २६ स्वर्णमा प्रतिस्पर्धा हुँदै

शाखाको २३औं बार्षिकोत्सवको अवशरमा आठौं सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुन लागेका आयोजकले जानकारी दिएको हो।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं- नेपाल सितोरियो कराँते संघको बार्षिक कार्यक्रम अनुसार नक्साल शाखाले यहि जेठ १३ गतेबाट अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आयोजना गर्ने भएको छ।

National life

शाखाको २३औं बार्षिकोत्सवको अवशरमा आठौं सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुन लागेका आयोजकले जानकारी दिएको हो। नेपाल कराते महासंघको तत्वाधनमा हुने प्रतियोगितामा प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत ,पाकिस्तान र भुटानका खेलाडीहरुले सहभागिता जनाउने भएका छन्।

प्रतियोगितामा पुरुषतर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा  २५, ३०, ३३, ३५, ४०, ४५ र सिनियर तर्फ ५०, ५५, ६०, ६७ ७५, ८४ र ८४ किलोमा प्रतिस्पर्धा हुने भएको छ।

त्यस्तै, एकलकाता र महिला तर्फ जुनियर तथा क्याडेट २५, ३०,३३, ३५, ४०, ४५ किलो र महिला सिनियर तर्फ ५०, ५५, ६१, ६७, ६८ किलोतौल समुह गरी कुल २६ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुरखपाङ्गी 'ईश्वर' ले जानकारी गराएका छन्।

बिगत लामो समय देखि कोरोना भाईरसका कारण प्रतियोगित हुन सकेनन्। सुस्त भएको कराते प्रतियोगिता र समग्र कराते कर्मीहरुलाई यस प्रतियोगिताले 'पुनर्ताजगी बनाउने आशा गरेको छु,' कार्यक्रम संयोजक खपाङ्गीले भने।

Laxmi sunrise bank
kumari

संघको शाखा डोजो नक्सालले २२ बर्षे यात्रा पुरा गर्दै २२ वटा बिभिन्न प्रतियोगिता सम्पन्न गरिसकेको छ। नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालद्धारा आयोजित यो समग्रमा २३औं कार्यक्रम हो।

तीन दिनसम्म निरन्तर चल्ने प्रतियोगिताका खेलहरु काठमाडौं त्रिपुरेश्वर स्थित, दशरथ रंगशाला राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा संचालन हुनेछ।

प्रकाशित: May 24, 2022| 13:32 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।