मंगलबार, फागुन १९, २०८२

फ्रेन्च ओपनमा राडुकानु, नाडाल र जोकोबिचको जित

फ्रेन्च ओपनको सिनियर डेब्यू गरेकी राडूकानूले चेक रिपब्लीककी युवा खेलाडी लिन्डा नोस्कोवालाई हराउँदै जित निकालेकी हुन्।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं- फ्रान्समा जारी फ्रेन्च ओपनमा इंग्ल्यान्डकी युवा खेलाडी इम्मा राडुकानूले पुनरागमन जित निकालेकी छन्। फ्रेन्च ओपनको सिनियर डेब्यू गरेकी राडूकानूले चेक रिपब्लीककी युवा खेलाडी लिन्डा नोस्कोवालाई हराउँदै जित निकालेकी हुन्।

पहिलो सेटमा लिन्डाले ६-७ (४-७) को जित निकालेकी थिइन। त्यसपछिका दुवै सेट राडुकानूले ७-५ र ६-१ को सेटमा जित निकालिन्।

१९ वर्षीया ब्रिटिस नम्बर वान राडुकानूले खेलपछि भनिन्, 'यो निकै उत्कृष्ट ब्याटल रह्यो। मैले जसरी खेलेँ त्यसको लागि आफैं प्रति गौरवान्वित छु।' यूएस ओपन विजेता राडूकानूले अब बेलारुसकी अलिक्सान्द्रा सास्नोबीचसँगै अर्को चरणमा प्रतिस्पर्धा गर्ने छिन्।

यता पुरुषतर्फको खेलमा भने राफेल नाडाल र नोभाक जोकोबिचले जित निकालेका छन्। विश्व नम्बर वान जोकोबिचले जापानका योसिहितो निशिओकालाई सोझो सेटमा हराएका छन्। उनले ६-३, ६-१ र ६-० को जित निकालेका हुन्।

उनले पुरा सेटको चार खेल मात्र गुमाएका थिए। गएको जनवरीमा कोभिडको खोपको प्रकरणका कारण अष्ट्रेलियन ओपन गुमाएका जोकोबिच अहिले ग्रान्डस्लममा फर्किएका हुन्।  यता, अघिल्लो खेलमा १३ पटकका विजेता नाडालले जोर्डन थम्सनलाई ६-२, ६-२ र ६-२ को नतिजाले हराएका छन्।

kumari

प्रकाशित: May 24, 2022| 13:05 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।