मंगलबार, फागुन १९, २०८२

पारा तेक्वान्दो टोली आज यूएई जाँदै

चीनको हाङझाउमा हुने पारा एसियाली खेलकुदका लागि हुने छनोट प्रतियोगितामा सहभागी हुन ४ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली मंगलबार यूएईको सारजहाँ प्रस्थान गर्दैछ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– चीनको हाङझाउमा हुने पारा एसियाली खेलकुदका लागि हुने छनोट प्रतियोगितामा सहभागी हुन ४ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली मंगलबार यूएईको सारजहाँ प्रस्थान गर्दैछ।

दुई खेलाडीसहित चार जनाको टिम सारजहाँ प्रस्थान गर्न लागेको राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ।

जेठ १२ गते हुने प्रतियोगिताको के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनिको छनोट रामबहादुर अधिकारी र महिला ४७ केजीमुनि रञ्जना धामीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। रञ्जनाले विश्व च्याम्पियनसिपसहित विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा कांस्य जितेकी छन्।

टोली प्रमुखमा रामचन्द्र श्रेष्ठ र प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा रहेका छन्। पारा ओलम्पियन पलेशा गोबर्दन र सिर्जना घिसिङ विश्व वरीयताका आधारमा यसअघि नै पारा एसियाली खेलकुदका लागि छनोट भइसकेको प्रशिक्षक लामाले जानकारी दिए।

टोलीलाई हिजो सोमबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरिएको थियो।

kumari

प्रकाशित: May 24, 2022| 12:46 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।