बुधबार, असार १०, २०८३

हवाई भाडा बढ्यो, बुधबारदेखि लागु हुने

नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ। नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ। नयाँ भाडादरमा रु ९० देखि रु ४४५ सम्म वृद्धि भएको छ।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं- नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ। नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ। नयाँ भाडादरमा रु ९० देखि रु ४४५ सम्म वृद्धि भएको छ। 

National life

सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौं-धनगढीको भाडा रु ४४५ बढेको छ। वृद्धि भएको भाडादर अनुसार काठमाडौं–सिमराको भाडा रु तीन हजार ७२५ कायम भएको छ भने काठमाडौं-धनगढी रु १५ हजार ६६५ कायम भएको छ। 

काठमाडौं-भद्रपुर ११ हजार ९३५, काठमाडौं-विराटनगर नौ हजार ३२५, काठमाडौं-जनकपुर पाँच हजार २५०, काठमाडौं-भरतपुर चार हजार ४३५ र काठमाडौं-पोखरा छ हजार ३०५ कायम भएको छ। काठमाडौं–भैरहवा सात हजार ८८०, काठमाडौं-नेपालगञ्ज १२ हजार ८९५ र काठमाडौं-तुम्लिङटार सात हजार ४६० कायम भएको छ। 

माउन्टेन फ्लाइटको भाडादर रु १३ हजार ७६५ कायम भएको सङ्घले जनाएको छ। नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो। अहिले हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर रु १६६ छ। 

प्रकाशित: May 23, 2022| 22:23 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्