बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह

नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह

नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ। पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणा अन्तर्गत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं- नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ। पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणा अन्तर्गत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो। 

National life

नेपालका लागि मलेसियाका चार्ज डी अफेयर्स मोद फजले विन अवु हसनसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा सोमबार भेटवार्ता गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मलेसियाको लगानी सुनिश्चितताका लागि आफूहरुले पहल गर्ने बताए। 

अध्यक्ष मल्लले भने, ‘नेपाल र मलेसियाबीच श्रमको क्षेत्रमा उच्चस्तरीय सहकार्य हुँदै आएको छ। रेमिट्यान्स भित्र्याउने दृष्टिकोणले पनि मलेसिया नेपालको उत्कृष्ट गन्तव्य बनेको छ। झण्डै चार लाख नेपाली युवा मलेसियामा रोजगारीमा छन्। श्रम सहकार्यसँगै अन्य विभिन्न क्षेत्रमा लगानीका लागि हामी मलेसिया सरकारलाई आग्रह गर्दछौं।’

नेपाल र मेलेसियाबीच लगानी सम्वन्धमा सरकारी तबरमै उच्चस्तरीय सहकार्य हुनुपर्ने अध्यक्ष मल्लले बताए। नेपालमा खासगरि पर्यटन, जलविद्युत, सूचना प्रविधि, हस्तकलामा लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे। 

बैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे। मलेसियाको लगानी सुनिश्चित गर्न निजी क्षेत्रको तर्फबाट आफूहरुले पनि पहल गर्ने अध्यक्ष मल्लले प्रतिबद्धता जनाए। 

Shivam cement

मलेसियाका चार्च डि अफेयर्स हसनले लगानीका लागि आफुहरु तयार रहेपनि प्रतिफलको सुनिश्चितता सम्वन्धी कानुन स्पष्ट हुन नसकेको बताए। उनले भने, ‘मलेसियाले सूचना प्रविधिको क्षेत्रमा पछिल्लो समय दक्षिण एसियाली राष्ट्रमा लगानी बढाईरहेको छ। हामीलाई नेपालमा पनि लगानी गर्न कुनै समस्या छैन। तर प्रतिफल सम्वन्धी नीतिगत व्यवस्थामा स्पष्ट हुन सकेका छैनौं।’

मेलेसियाले अहिले पनि लाखौं नेपाली युवाहरुलाई रोजगारी दिएको स्मरण गराउँदै हसनले आगामी दिनमा यो संख्या थप बढ्न सक्ने बताए। जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा नेपालमा लगानी गर्न मलेसिया तयार रहेको हसनको भनाई छ।

नेपाल र मलेसियाबीच नीजि क्षेत्रमा पनि सहकार्य गर्न आवश्यक रहेकोमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जोड दिए। खासगरि अन्तराष्ट्रियस्तरको मेलामा एक अर्काको मुलुकका व्यवसायिक क्ष्ँेत्रलाई पनि प्रतिनिधित्व गराउन सकिए आर्थिक सम्वन्ध थप मजवुत हुने अध्यक्ष मल्लको भनाई छ। 

प्रकाशित: May 23, 2022| 22:11 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्