आइतबार, जेठ २१, २०८०

बढ्यो हवाई भाडा, कुन रुटमा कति?

आइतलबारदेखि लागू हुने गरी हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रूपैयाँ मूल्य वृद्धि गरेपछि सोही अनुसार हवाई भाडा समायोजन गरिएको बताएको हो।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि हवाई भाडा पनि बढेको छ। इन्धनको मूल्य बढेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो। 

Everest Bank

आइतलबारदेखि लागू हुने गरी हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रूपैयाँ मूल्य वृद्धि गरेपछि सोही अनुसार हवाई भाडा समायोजन गरिएको बताएको हो। 

काठमाडौंदेखि सबैभन्दा लामो दूरीमा रहेको धनगढी विमानस्थलसम्मको भाडा ४ सय ४५ रूपैयाँले बढेर १५ हजार ६ सय ६५ रुपैयाँ कायम भएको छ। माउन्टेन फ्लाइटमा ३४० रूपैयाँ बढेको छ। माउन्टेन फ्लाइटको भाडादर १३ हजार सात सय ६५ रूपैयाँ पर्छ। 

यसैगरी काठमाडौंदेखि भद्रपुरको हवाई भाडादर ३०० रूपैयाँले बढेर ११ हजार ९३५ रूपैयाँ, काठमाडौंदेखि विराटनगरको भाडादर २४० रूपैयाँले बढेर ९ हजार ३२५ रूपैयाँ पुगेको  छ। यस्तै काठमाडौं-जनकपुरको भाडा १३० रूपैयाँले बढेर ५ हजार २५० रूपैयाँ, काठमाडौं-भरतपुरको भाडा ११० रूपैयाँले बढेर ४ हजार ४३५ रूपैयाँ पुगेको छ।  

काठमाडौं-पोखराको भाडादर १६० रूपैयाँ बढेर ६ हजार ३०५ रुपैयाँ कामय गरिएको छ। काठमाडौं-भैरहवाको भाडा २०५ रुपैयाँले बढेर ७ हजार ८८० रूपैयाँ, काठमाडौं-नेपालगञ्जको भाडादर ३२५ रुपैयाँ बढेर १२ हजार ८९५ रूपैयाँ पुगेको छ। यस्तै काठमाडौं-तुम्लिङटारको भाडादर १८५ रूपैयाँ बढेर ७ हजार ४६० रूपैयाँ र काठमाडौं-सिमराको भाडादर ९० रूपैयाँ बढेर ३ हजार ७२५ रूपैयाँ पुगेको छ।

Metro Mart
worldlink

प्रकाशित: May 23, 2022| 08:59. 46 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्