बिहीबार, वैशाख २७, २०८१

क्यानप्रति ईपीएल आयोजक र क्लब रुष्ट

क्यानका अनुसार अब पुरानै शैलीमा ईपीएल गराउने पाइने छैन। क्यानको उक्त निर्देशनप्रति ईपीएल आयोजक र त्यससँगै जोडिएका ६ फ्रेन्चाइज क्लबले राजधानीमा पत्रकार सम्मेलन गर्दै क्यानको निर्णयप्रति रोष व्यक्त गरेका छन्।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले जेठ ४ गते नेपाल टी-२० लिगको घोषणा गर्‍यो। यो लिग नेपालका र विदेशी खेलाडी खेल्न पाउने एक मात्र लिग भएको पनि घोषणा गरेको थियो।

triton college

क्यानले टी-२० लिगको घोषणा गर्दा यस्ता प्रकृतिका अन्य लिगले मान्यता नपाउने दाबी गरेको थियो। तर क्यानले आयोजना गरेकै जस्ता थप तीन लिग पनि सञ्चालन भए। नेपालमा पहिलो पटक फ्रेन्चाइजका रूपमा आयोजना भएको धनगढी प्रिमयर लिगसँगै पोखरा प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिग (ईपीएल) सञ्चालन भइसकेका छन्।

धनगढी र पोखराको लिग लामो समयसम्म सुस्त छन्। यी लिग तीन वर्षदेखि प्रतियोगिता आयोजना गर्न सकिरहेका छैनन्। तर ईपीएल भने हरेक वर्ष आयोजना भइरहेको छ। ईपीइएल र टी-२० लिगको प्रकृति पनि एउटै हुने देखिएको छ।

क्यानका अनुसार अब पुरानै शैलीमा ईपीएल गराउने पाइने छैन। क्यानको उक्त निर्देशनप्रति ईपीएल आयोजक र त्यससँगै जोडिएका ६ फ्रेन्चाइज क्लबले राजधानीमा पत्रकार सम्मेलन गर्दै क्यानको निर्णयप्रति रोष व्यक्त गरेका छन्।

उनीहरूले आफूलाई अन्याय भएकाले क्यानले मध्यस्थताकारी भूमिका निर्वाह गर्नुपर्ने माग गरेका छन्। पत्रकार सम्मेलनमा आफूहरूको ५० करोडभन्दा धेरै लगानी भइसकेको र लगभग सय कर्पोरेटको संग्लग्नता रहेकोकाले आफूहरुलाई पुरानै शैलीमा प्रतियोगिता चलाउन दिन माग गरेका छन्। क्यानले आफूहरूसँग कुनै सल्लाह नगरिकनै निर्णय लिएकोमा आफ्नो आपत्ति रहेको ईपीएल आयोजक र क्लबका प्रतिनिधिको छ। 

corrent noodles
Metro Mart
क्यानका अनुसार अब पुरानै शैलीमा ईपीएल गराउने पाइने छैन। क्यानको उक्त निर्देशनप्रति ईपीएल आयोजक र त्यससँगै जोडिएका ६ फ्रेन्चाइज क्लबले राजधानीमा पत्रकार सम्मेलन गर्दै क्यानको निर्णयप्रति रोष व्यक्त गरेका छन्।

आयोजकका तर्फबाट आमिर अख्तरले यस्ता लिगलाई 'रेड कार्पेट' ओछ्याएर स्वागत गर्नुपर्नेमा रोक्ने काम भएको आरोप लगाए। 'हामी विश्वकै पाँचौँ ठूलो लिगमा थियौँ। शीर्षस्थानको आईपीएल थियो। हामी एसोसिएटमा टप छौं। विश्वभरिका ८० देशमा प्रशारण भएको ईपीएलले धरै समर्थक पाएको छ,' उनले गुनासो गरे, 'तर, हामीलाई बन्द गर्ने निर्णय गरिएको छ। क्यानले हाम्रो कार्यक्रमलाई न्याय गरेन।'

नेपाली क्रिकेटलाई अर्को लेभलमा लैजान सक्ने लिग भएपनि क्यानले आधा बाटोमा रोकेको उनको आरोप छ। यस्तो लिग हुँदा नेपाली क्रिकेटका लगानीकर्ताले त 'रेड कार्पेट' ओछ्याउनु पर्ने हो।

नेपाली स्वदेशी मान्छेले स्वदेशी कम्पनीले लिग गरिरहेको छ भने त्यसलाई मान्यता दिनुपर्छ। मान्यता दिनका लागि सबैलाई हामी यो अनुरोध गर्नेछौं।

गएको सिजनमा पनि क्यानले मान्यता दिएको थियो। तर यो अन्तिम हो भनेको थिएन। त्यतिबेला कुनै समस्या थिएन। ४ संस्करणमा हामीले आईसीसी र एसीसीको नियमअनुसार आयोजना गरेको हो।

'आज आएर नयाँ लिगलाई मात्र मान्यता दिने कुरा उचित होइन। भएको लिगलाई चाहिँ पनि लगातार गर्नुहोस्। यो रद्द गर्नु भनेको त हाम्रो लगानीमा पानी हाले बराबर भयो,' उनले भने। 

ललितपुर प्याट्रिओट्स्का किशोर महर्जनले छैटौँ संस्करणमा पुगिसकेको अवस्थामा आफूहरूका लागि क्यानले अप्रिय निर्णय गरेको बताए। 'क्रिकेट यति धेरै लोकप्रिय छ। त्यो कुरालाई अंगालेर हामी ६ टिम जन्मियौँ,' उनले भने, 'पहिलोदेखि पाँचौँ संस्करण सम्पन्न गरिसकेका छौं। सबै जोड्ने हो भने हाम्रो ५० करोडभन्दा धेरै लगानी भइसकेको छ। क्यानको निर्णयले हामी स्तब्ध छौं।' क्यानको निर्णयले  ईपीएललाई अन्याय गरेको उनको ठहर छ। 

काठमाडौं किंग्सका सञ्जय अग्रवालले लिगका लागि कर्पोरेट क्षेत्रले लगानी गरिरहेको तर क्यानले बीचमा अप्ठ्यारो बनाइदिएको गुनासो गरे। चितवन टाइगर्सका किशोर भट्टराईले नेपाली क्रिकेटको बजार सानो भएको र यही सानो बजारमा पनि लिग आयोजना गर्न नपाउँदा क्रिकेट जगतका लागि सुखद् कुरा नभएको उल्लेख गरे । 

पोखराका साहिल अग्रवालले इपीएलले निरन्तरता पाउनुपर्ने बताए। क्यान नभएको अवस्थामा आईसीसीसँग समन्वय गरेर अघि बढेको तर अहिले अभिभावकरूपी क्यान हुँदा पनि आफूहरूमाथि अन्याय हुनु दुखद् भएको उनको भनाइ छ। 

'आज आएर नयाँ लिगलाई मात्र मान्यता दिने कुरा उचित होइन। भएको लिगलाई चाहिँ पनि लगातार गर्नुहोस्। यो रद्द गर्नु भनेको त हाम्रो लगानीमा पानी हाले बराबर भयो,' उनले भने। 

भैरहवा ग्लाडिएटर्सका सकेट सांघाईले आफूहरूसँग सल्लाह नगरी निर्णय गरेको आरोप लगाए। यस्तो हुनु आश्चर्यको कुरा भएको र आफूहरूले  ५ वर्षसम्म गरेको मेहनत विना कारण समाप्त हुन लागेको गुनासो गरे। 

प्रकाशित: May 23, 2022| 20:43 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।