आइतबार, मंसिर ७, २०८२

दुर्गामानले बनाए पारा भरोत्तोलनमा राष्ट्रिय कीर्तिमान

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ७२ केजीमुनि तौलसमूह दुर्गामानले ९० केजी भार बहन गर्दै आफ्नै नाममा रहेको ८९ केजीको कीर्तिमान सुधार गरेका हुने। राजाराम सिलवाल दोश्रो भए।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं- दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ७२ केजीमुनि तौलसमूह दुर्गामानले ९० केजी भार बहन गर्दै आफ्नै नाममा रहेको ८९ केजीको कीर्तिमान सुधार गरेका हुने। राजाराम सिलवाल दोश्रो भए।

National life

राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा अर्जुन दोङ पहिलो भए। उनले ६० केजी तौल उठाए। दीपक तिमल्सिना दोश्रो तथा सोमनाथ राई तेश्रो भए।

६५ केजीमा ठाकुर श्रेष्ठले शीर्ष स्थान हात पारे। उनले ९० केजी उचाले। निर्मल श्रेष्ठले रजत तथा विष्णुपुकार श्रेष्ठले कांस्य जिते। ७२ केजीमाथि किरणकिशोर सापकोटाले ९० केजी वजन उठाउदै स्वर्ण जिते। शरद पौडेल दोश्रो तथा भरत विसी तेश्रो बने।

महिला खुलामा सरिता थुलुङ पहिलो भइन्। सरिताले ५२ केजी भार वहन गरिन्। निर्मला भणडारी दोश्रो तथा टिना महर्जन तेश्रो भए।

सो अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पारा खेलकुदलाई अझ फराकिलो दायरामा आयोजना गर्ने गरी परिषद्ले तयारी गरिरहेको बताए।

Laxmi sunrise bank
kumari

एकदिने प्रतियोगिताको पुरुषमा ४ स्पर्धामा ३२ खेलाडी तथा महिलाको १ स्पर्धामा ५ खेलाडी सहभागी थिए। पारा राष्ट्रिय खेलकुदअन्तर्गत अब ५ खेलको प्रतियोगिता हुन बाँकी छ। खेलकुदमा १२ खेल समावेश छन्।

प्रकाशित: May 23, 2022| 19:33 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।