बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विश्व बैंकबाट साढे २७ करोड डलर ऋण सहायता लिन वार्ता टोली गठन

विश्व बैंकबाट साढे २७ करोड डलर ऋण सहायता लिन वार्ता टोली गठन

सरकारले यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि विश्व बैंकसँग करिब ३३ अर्ब रुपैयाँ (२७ करोड ५० लाख डलर) ऋण सहायता लिनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं- सरकारले यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि विश्व बैंकसँग करिब ३३ अर्ब रुपैयाँ (२७ करोड ५० लाख डलर) ऋण सहायता लिनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

National life

सञ्चार तथा सूचना प्रविधि प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यो जानकारी दिएका हुन्।

मन्त्री कार्कीले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र निर्वाचनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्ने निर्णय भएको बताएका छन्। 

यसैगरी वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पुनः एकीकरण आयोजना सञ्चालनका लागि स्विट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६।८ मिलियन डलर अर्थात् करिब ८६ करोड १३ लाख नोपली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ। यसैगरी ०७९ जेठ ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने युएन स्क्यापको ७८ औं सत्रमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा।दिलबहादुर गुरुङको प्रतिनिधि मण्डललाई पठाउने निर्णय पनि सरकारले गरेको छ।

त्यसैगरी नेपाल राष्ट्र बैंकको नोट धुल्याउने नियमावली २०७९ बनाउन स्वीकृति दिने निर्णय गरेको छ ।

Shivam cement

कार्कीका अनुसार सरकारले  नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय भएको छ।

प्रकाशित: May 23, 2022| 17:51 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्