बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • 'विरोध गरेर फुटबलको विकास हुँदैन' भन्दै कर्माले दिए एन्फा अध्यक्षमा उम्मेदवारी

'विरोध गरेर फुटबलको विकास हुँदैन' भन्दै कर्माले दिए एन्फा अध्यक्षमा उम्मेदवारी

अहिलेका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले तीन दिनअघि उम्मेदवारी घोषणा र दर्ता गरेका छन्। एन्फा अध्यक्षका लागि बहालवाला अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच भिडन्त हुने भएको छ।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमितिका लागि आगामी असार ५ गते निर्वाचन हुँदैछ। सो निर्वाचनका लागि आज सोमबार वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका छन्।

triton college

घोषणा गरेको केही समयमै उनले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उम्मेदवारी दर्ता पनि गरिसकेका छन्। यता, अहिलेका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले तीन दिनअघि उम्मेदवारी घोषणा र दर्ता गरेका छन्। एन्फा अध्यक्षका लागि बहालवाला अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच भिडन्त हुने भएको छ। 

उम्मेदवारी घोषणा कार्यक्रममा दुवै उम्मेदवारले शक्ति प्रदर्शनस्वरुप ठूलो संख्यामा आफ्ना समर्थक जम्मा पारेका थिए। तिनै समर्थकमाझ कर्माले अहिलेसम्म नीतिगत तहमा काम गरेको र अब पूर्वाधार निर्माणसँगै प्रतियोगिताको स्तर बढाउनेतर्फ लाग्ने घोषणा गरे।

कार्यक्रममा बाग्लुङ एन्फाका पूर्वअध्यक्ष राम नगर बडुले जिल्लामा पनि बजेट बढेको बताउँदै कर्मालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘जिल्लाको कुरा राख्दा त्यहाँ काम गर्नेलाई थाहा छ। जिल्लामा बजेट ५० हजारबाट तीन लाख पुगेको छ। तर यहाँ एन्फामा कार्यसमितिमा भएका साथीले सहयोग गरेको पाइएन। त्यसैले अब एक कार्यकालका लागि कार्मालाई भोट दिनुपर्छ। यहाँ एजेन्डा हेरेर भोट दिने हो। मिसन र भिजन हेर्नुपर्छ।’

उपेन्द्र मानसिंह अहिलेका ग्रासरुट फुटबलका संयोजक हुन्। उनले पनि आशन्न चुनावमा कर्माकै पक्षमा रहने बताएका छन्। उनले भने, ‘कोभिडका करण डेढदेखि दुई वर्ष गाह्रो भो। तरपनि हामीले धेरै प्रतियोगिता गर्यौं। हामीले उहाँ (कर्मा)लाई सहयोग गर्नुपर्छ। उहाँले जुन काम गर्नु भएको छ, त्यसको निरन्तरताको लागि उहाँलाई सहयोग गर्न अपिल गर्दछु।’

corrent noodles
Metro Mart

कार्यक्रममा एन्फाका महासचिव तथा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले कर्माको पक्षमा ५४ जना प्रतिनिधिको हस्ताक्षर संकलन गरिसकेको दाबी गरे। उनले अहिले एन्फाको आठ करोड ऋण रहेको स्विकार्दै फिफाबाट ३० लाख आउन बाँकी रहेको जानकारी दिए। ‘हामीसँग २३ लाख डलर आउन बाँकी नै छ। त्यो भनेको ३० करोड बराबर हो। हामीलाई फाइनान्सियल प्रतिबन्ध छ। त्यसमा पनि अर्को पक्षको धेरै हात छ,’ उनले भने।

उम्मेदवारी घोषणा कार्यक्रममा आधा घण्टाभन्दा धेरै समय बोलेका अध्यक्ष कर्माछिरिङ शेर्पाले आफ्नो चार वर्षे कार्यकालमा गरेका सबैजसो काम सम्झिए। भाषण छोट्याउन भन्दै दिइएको चिटलाई गोजीमा राख्दै उनले आफ्ना आगामी योजना सुनाए। अन्तिममा निकै भावुक अनि आक्रोशित सुनिएका कर्माले आफूविरुद्ध उठिरहेका आवाजलाई कामले जवाफ दिने प्रतिबद्धता व्यक्त गरे।

उम्मेदवारी घोषणा गर्दै के भने कर्माले?

कोभिड–१९ को महामारीका कारण चार वर्ष पूरा काम गर्न पाइएन। तर महामारीको समयमा पनि नरोकीकन काम गर्यौं। लिगलाई निरन्तरता दियौं। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आफैं आयोजना गर्यौँ र सहभागिता गरायौं। क्यापासिटी बिल्डिङ अन्तर्गत प्रशिक्षण र रेफ्रीका कोर्सहरु गरेका छौं। हामी संघमा आउँदा कुनै नीतिगत स्पष्टता थिएन। तर हामीले फुटबल संघलाई बलियो बनाउने, संस्थागत, सामूहिक र विकेन्द्रिकरण गर्ने लगायतका काम गर्यौं।

हामी आउँदा आर्थिक नियमावली थिएन, त्यो हामीले बनायौं। संघीय संरचनाका आधारमा विधान संशोधन गर्यौं। खेलाडी दर्ता नियमावली बनायौं। खेलाडीको हकहितका लागि काम गर्न खेलाडी दर्ता नियमावली बनायौं। अनलाइन दर्ता प्रक्रिया बनायौं। हिजो लाइन लागेर गर्नुपर्थ्यो, अब अनलाइनबाट हुन्छ।

हामीले आफ्नो कार्यकालमा क्लब लाइसेन्सिङ लागू गरेका छौं। यो नेपालमा नयाँ कुरा हो। फिफा र एएफसीबाट दबाब भएपछि क्लबलाई प्रशिक्षण गरेर एएफसी क्लब लाइसेन्स र एन्फा लाइसेन्स सिस्टम बनायौं। अहिले चार क्लबको लाइसेन्स छ। कार्यालय सञ्चालन नियमावली बनायौं। साधारणसभा अनुसार लागू गर्ने काम गरेका छौं। कर्मचारीको वर्गीकरण थिएन। केन्द्रीय संरचना अनुसार एन्फाको केन्द्रीय संरचनामा ८ विभाग बनायौं। कर्मचारी सेवासुविधा र पद छुट्याउने काम गरिरहेका छौं। यसरी कार्यालय सञ्चालनमा छ।

जिल्लालाई संस्थागत रुपमा सञ्चालन गर्न विधान कार्यान्वयन गर्न पारदर्शिता र व्यवस्थित गर्न प्यानलमा दर्ता गरायौं, जसमा सबै जिल्लाको सहयोग पनि भयो। म फुटबल छोडेपछि आफ्नो काम गरेर बस्छु। मैले घरको माली र भान्छे फुटबलको पैसा खर्च गरेर राखेको छैन। तर छोडेपछि फुटबलमा टिका–टिप्पणी गर्दिनँ।

मैले घरको टेलिभिजन पनि एन्फाको पैसाबाट किनेको छैन। फुटबललाई घर चलाउने माध्यम बनाउनु हुन्न भन्ने मेरो भनाइ हो। र, विरोध गरेर फुटबलको विकास हुँदैन।

एन्फामा त कस्तो भयो भने टेन्डर हालेर पारदर्शिता गर्न थाल्यो कि साथीहरु रिसाइहाल्नुहुन्छ। काम गर्न गाह्रो छ। रिसाए पनि काम त गर्नुपर्यो। अब त हामी सबै अनलाइनबाट सञ्चालन गर्ने हो।

म नेपाललाई विश्वकप जिताउँछु त भन्दिन। त्यसको लागि हामी लायक भएका छैनौं। तर ग्रासरुटको विकास गर्नेछु। 

राकेश श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडी 

हामी खेलाडी, कोच रेफ्रीहरु फुटबलको ब्याकबोन हो। हामी कसैको मान्छे होइनौँ। तर हामी फुटबलको ब्याकबोन हो। म कुनै पनि पदमा हुनु वा नहुनु ठूलो कुरा होइन। तर फुटबलले गति लियोस्। फुटबलमा भनेको रिजल्ट हुन्छ। १५ वर्ष नै खेले पनि रिजल्ट आएन भने त्यसको अर्थ छैन। 

कर्माले लिड गरेपछि ग्रासरुटमा पनि राम्रो भएको छ। यो समयमा फुटबलमा केही न केही भएको छ। हाम्रो त आशा छ कि लिगहरू होस्। एनएसएलजस्तो ठूलो प्रतियोगिता भएको छ। अर्को एक कार्यकाल उहाँ (कर्मा)ले डिजर्ब गर्नुहुन्छ जस्तो लाग्छ।

सुनिल कपाली, अध्यक्ष (मछिन्द्र क्लब)

हामीले विगतमा आमूल परिवर्तनका लागि काम गरेका थियौं। हामीलाई थाहा छ, फुटबलको तानाशाही प्रवृत्ति थियो। आर्थिक कारणले अगाडि जान नसकेको हो।

मैले पुरस्कार पाएको छैन। तर भ्रष्टाचार भएको आरोप लगाएका छन्। मलाई त्यो लाग्दैन। त्यो पैसा त हामीले पाउने नै हो। जसको नेपाली फुटबलमा लगानी नै छैन, उसले ठूलो कुरा गरिरहेको छ। सबैले कर्मा छिरिङलाई नै विजेता गराउने छन्।

को को छन् कर्माको प्यानलमा?

अध्यक्षमा कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष शिक्षित पराजुली, उपाध्यक्षहरुा कुमारबहादुर केसी, रत्नकुमार श्रेष्ठ, उपेन्द्र मान सिंह र विज्ञानराज शर्मा छन्।

सदस्यहरूमा दीपक थापा, प्रविन यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराजा गुरुङ, टिकाराम लामा, प्रदेश सिंह राथोड, भरत गुण थापा, अनिल श्रेष्ठ, रमेश ब्यन्जनकार, मनिराज मिश्र र मनिश जिसी छन्।

प्रकाशित: May 23, 2022| 17:42 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।