सोमबार, असोज १२, २०८३

टाटा मोटर्सको दोश्रो एक्सपिरियन्स जोन चितवनमा

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले हालै चितवनमा टाटा मोटर्सको दोश्रो एक्सपिरियन्स जोनको सुरुवात गरेको छ।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले हालै चितवनमा टाटा मोटर्सको दोश्रो एक्सपिरियन्स जोनको सुरुवात गरेको छ।

यस एक्सपिरियन्स जोनको उद्घाटन कलाकार दयाहाङ राई सहित नेपाली चलचित्र कबड्डी टिमद्धारा गरिएको हो। टाटा मोटर्स एक्सपिरियन्स जोन चितवनस्थित सीजी ल्याण्डमार्कमा रहेको छ।

टाटा मोटर्सको यो दोश्रो एक्सपिरियन्स जोन हो। यस अघि ललितपुरको पुल्चोकस्थित लबिम मलमा पहिलो एक्सपिरियन्स जोनको सुरुवात भएको थियो। 

एक्सपिरियन्स जोनमा बजार प्रतिनिधिहरू मार्फत टाटा मोटर्सका गाडीहरूको बारेमा विस्तृत जानकारी लिन सकिनेछ। साथै, टेस्ट ड्राइभको पनि व्यवस्था गरिएको छ। कम्पनीले यहाँ टाटा मोटर्सका ग्राहकहरूका लागि मात्र प्रिभिलेज्ड पार्किङको पनि सुविधा दिएको छ।

टाटा मोटर्सले ग्राहक सेवालाई अझै परिस्कृत र उत्कृष्ट बनाउने उदेश्यले सोरुम भन्दा बाहिरबाट पनि यस किसिमको सेवा दिन थालेको हो।

प्रकाशित: May 23, 2022| 17:24 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्