बुधबार, असार १०, २०८३

नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा नवलपरासीको कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार इन्द्रचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा नवलपरासीको कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार इन्द्रचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

National life

बैंकका संचालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाका मेयर विष्णुप्रसाद भुसालले कावासोती शाखाको संयुक्त उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन्।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत दिपेश प्रधान लगायत बैंकका कर्मचारी, कावासोती च्याम्बरका अध्यक्ष डाँसुराज पोखरेल तथा स्थानीयबासीको उपस्थिति रहेको थियो । 

२०७८ चैत्र मसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । 


प्रकाशित: May 23, 2022| 16:14 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्