बुधबार, असार १०, २०८३

हरिवंश आचार्य बने बीवाइडीका ब्राण्ड एम्बेस्डर

कलाकार हरिवंश आचार्य विश्व चर्चित इलेक्ट्रिक कार ब्राण्ड बीवाइडीको ब्राण्ड एम्बेस्डर बनेका छन् ।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं– कलाकार हरिवंश आचार्य विश्व चर्चित इलेक्ट्रिक कार ब्राण्ड बीवाइडीको ब्राण्ड एम्बेस्डर बनेका छन् ।

National life

नेपालका लागि बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र कलाकार आचार्यले ब्राण्ड एम्बेस्डरको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

विशेषत बीवाइडीले नेपाल ल्याउन लागेको नयाँ एसयूभी एटो थ्रीको प्रचार सामग्रीमा आचार्यसँग सहकार्य गर्न लागेको हो। सम्झौतापछि आचार्यले भने, ‘विश्वभर नै विद्युतीय सवारीसाधनको प्रयोग ब्यापक बन्दै गएको छ । पृथ्वीलाई नै प्रदूषण चुनौती बन्दै गएको समयमा मैले बीवाइडीसँग सहकार्य गर्ने मौका पाएकोमा अत्यन्त खुसी छु । मेरो सहकार्यले प्रदूषण रहित गाडीको संख्या सडकमा बढ्न सकोस् ।’

नेपाली कलाकारिताको क्षेत्रमा लामो समयदेखि सक्रिय आचार्य एउटा कलाकार मात्र नभई सामाजिक अभियन्ताको रुपमा आफ्नो छवि निर्माण गर्न सफल भएका छन् । उनको सहकार्यमा बीवाइडीले आफ्नो ब्राण्ड नेपालमा प्रचार प्रसार गर्नेछ । साइमेक्सले ५ वर्षअघिदेखि घरेलु बजारमा बीवाइडीको विभिन्न मोडलहरुको बिक्री वितरण गर्दै आइरहेको छ । विश्वबजारमा अत्यधिक मन पराइएको एटो थ्रीलाई साइमेक्सले नेपाली बजारमा उतार्नका लागि तयारी गरिरहेको छ ।

 साइमेक्सका सीईओ साहिल श्रेष्ठले सम्भवत २ महिनाभित्र एटो थ्री नेपालीमा आउने बताए । ‘नेपाली बजारमा एटो थ्रीले नयाँ बेञ्चमार्क खडा गर्छ, केही सातापछि यसको बुकिङ खुल्ला हुन्छ,’ उनले भने, ‘अहिले बजारमा अन्य ब्राण्डका इभी कारहरुको अभाव भैरहेको छ । बजार रणनीतिलाई बुझेर कम्पनीले बीवाईडीको ई सीक्सलाई देशका विभिन्न सहरमा भने पुर्याइरहेको छ ।’

Shivam cement

प्रकाशित: May 23, 2022| 13:58 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्