बुधबार, वैशाख २६, २०८१

यू–१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी

नेपाल क्रिकेट संघ (क्यान) ले यू १९ महिला क्रिकेटको कप्तानमा कृतिका मरासिनीलाई नियुक्त गरेको छ। अहिले काठमाडौंमा जारी यू १९ को टिमको कप्तानमा कृतिका छनोट भएको क्यानले जानकारी दिएको हो।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले यू १९ महिला क्रिकेटको कप्तानमा कृतिका मरासिनीलाई नियुक्त गरेको छ। अहिले काठमाडौंमा जारी यू १९ को टिमको कप्तानमा कृतिका छनोट भएको क्यानले जानकारी दिएको हो।

triton college

यू–१९ महिला विश्वकप छनोटको तयारीका लागि अहिले नेपाली टिम बन्द प्रशिक्षणमा छन्। क्रिकेट संघले विश्वकपको छनोट खेल्नुअघि धनगढीमा यू–१९ महिला क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो। सो प्रतियोगितापछि क्यानले गएको वैशाख ८ गते ४४ खेलाडीलाई सुरुआती बन्द प्रशिक्षणमा बोलाएको थियो।

वैशाख ११ बाट पोखरामा प्रशिक्षण सुरु भएको थियो। त्यसपछिको छनोटमा क्यानले १८ खेलाडीको नाम सार्वजनिक गरेको हो। अहिले ती खेलाडी कीर्तिपुरको त्रिवि मैदानमा प्रशिक्षण गरिरहेका छन्।

यू १९ टिममै रहेकी हिरन्मयी रायले भने नेपाली सिनियर टिमबाट पनि डेब्यू गरिसकेकी छन्। उनले सिनियर टिमबाट दुई खेल खेलेकी हुन्। यू–१९ महिला विश्वकप अर्को वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक आयोजना हुँदैछ। आईसीसीको क्यालेन्डरमा अघिल्लो वर्ष नै आयोजना हुनुपर्ने प्रतियोगिता कोभिड १९ को महामारीका कारण पछि सरेको हो।

प्रतियोगितामा १६ देशको सहभागिता हुनेछ भने ४१ खेल हुनेछन्। यो छनोटअन्तर्गत नेपालको समूहमा मलेसिया, संयुक्त अरब इमिरेट्स, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन्। छनोट खेल जुन ४ तारिखबाट हुनेछ।

corrent noodles
Metro Mart

यी हुन् छनोट भएका खेलाडीः

किरण कुँवर, सोनु राजवंशी, टीका शाह, सृष्टि धामी, सावित्री धामी, अलिशा यादव, रञ्जु श्रेष्ठ, अञ्जली बिके, हिरणमयी राय,  अलिशा खाडिया, कृतिका मरासिनी, मिनिषा उपाध्याय, स्नेहा महरा, निसा शाह, मिनिषा राना मगर, प्रतिमा शाह, ज्योतिस्का मरासिनी र मनिषा चौधरी

प्रकाशित: May 23, 2022| 13:43 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।