बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्वदेशी उत्पादन र उपभोगको १० वर्षे रणनीति बनाएर अगाडि बढ्छु : उद्योगमन्त्री बडू

स्वदेशी उत्पादन र उपभोगको १० वर्षे रणनीति बनाएर अगाडि बढ्छु : उद्योगमन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उत्पादन, उपभोग र निर्यातको १० वर्षे रणनीति बनाएर मन्त्रालय अगाडि बढ्ने बताएका छन्।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उत्पादन, उपभोग र निर्यातको १० वर्षे रणनीति बनाएर मन्त्रालय अगाडि बढ्ने बताएका छन्।

National life

सोमबार नेपाल उद्योग परिसंघ र कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘मेक इन नेपाल–स्वदेशी समिट २०२२’मा उद्योगमन्त्री बडूले १० वर्षे रणनीति बनाएर अगाडि नबढे केही काम नदेखिने बताए।

‘स्वदेशी उत्पादन र उपभोग तथा निर्यातको लागि २०७९ देखि २०८९ सम्म अभियान नै बनाएर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘मुलुकको अर्थतन्त्र सकारात्मक छैन योे सर्वस्वीकार्य हो। कोभिडको दुष्चक्र तथा रुस र युक्रेनको युद्धले नराम्रो असर पारेको छ। अहिले नेपालको आयात निर्यातको अनुपात १ः११ को रहेको छ। यसलाई कम गर्न निर्यात बढाउने भाषणबाजी गर्नुभन्दा रणनीति बनाएर अगाडि बढ्नुपर्छ।’

उनले विशेष आर्थिक क्षेत्रको पनि स्थापना गरिए पनि त्यसको उपभोग नभएको भन्दै गुनासो गरे। उनले आर्थिक समृद्धि र विकासका लागि निजी क्षेत्रलाई अघि सार्ने योजनामा सरकार रहेको जानकारी दिए।

‘सरकारले गर्न नसकेको ठाउँमा निजी क्षेत्रले काम गर्नुपर्छ। कुन क्षेत्रमा के सहयोग गर्नुपर्छ त्यसका लागि सरकार तयार नै छ,’ उनले भने, ‘निजी क्षेत्र सक्रिय नभई र निजी क्षेत्रलाई विश्वासमा नलिई मुलुकको विकास सम्भव छैन।’ आगामी बजेटमा स्वदेशी वस्तुहरुको उत्पादनका लागि चाहिने कच्चा पदार्थमा सरकारले सहुलियत दिने उनको दाबी छ। 

Shivam cement

प्रकाशित: May 23, 2022| 13:35 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्