बुधबार, असार १०, २०८३

नाडाको कार्यसमिति बैठक रारातालमा

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यसमिति बैठक रारातालमा बसेको छ।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं– नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यसमिति बैठक रारातालमा बसेको छ। एशोसिएशनले शुक्रवार बिहान २ हजार ९९० मिटरको उचाइमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो।

National life

बैठकलाई सम्बोधन गर्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले भने, ‘प्रकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्यसमितिको बैठक राखेर आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको सन्देश प्रदान गर्न खोजेको हो। यसमा सबै पक्षको सहयोग महत्वपूर्ण रह्यो। देशमा पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात सञ्जालमा रारालाई छिट्टै जोड्नुपर्ने देखियो।’

बैठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोवाइल्स एशोसिएशनसँग पनि रारा तालको परिसरमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो। कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा बलियो बनाउन स्थानिय स्तरबाटै आउने समस्या समाधान गर्दै जानुपर्ने धारणा राखेका थिए।


प्रकाशित: May 23, 2022| 13:07 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्