बुधबार, असार १०, २०८३

टाटा मोटर्सको कार शोरुम ललितपुरको सातदोबाटोमा

भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी टाटा मोटर्सले ललितपुरको सातदोबाटोस्थित सिप्रदीको आधिकारिक डिलर जे.बि. अटोमोटिभ प्रा.लि.को शोरुम सुरु गरेको छ।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं– भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी टाटा मोटर्सले ललितपुरको सातदोबाटोस्थित सिप्रदीको आधिकारिक डिलर जे.बि. अटोमोटिभ प्रा.लि.को शोरुम सुरु गरेको छ। 

National life

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी टे«डिङ प्रा.लि. ले ग्राहकका लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा विक्री सेवा सुविधा केन्द्र सुरु गरेको हो।

आफ्नो सञ्जाल नेपालभरि फैलाउने क्रममा उक्त सेवा सुुविधा केन्द्रको रुपमा खोलिएको कम्पनीले बताएको छ। शोरुम उद्घाटन टाटा मोटर्सका तर्फबाट अजित सिंह, सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, प्यासेन्जर भेइकल प्रमुख शावन्त जंग सिजापती, विभिन्न विभागका प्रतिनिधिको स्वागत र जे.बि. अटोमोटिभका अध्यक्ष जे.बि.घिसिङ र ज्योती बानियाले गरेका थिए।

उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बिएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ ।


Shivam cement


प्रकाशित: May 23, 2022| 13:05 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्