बुधबार, वैशाख १६, २०८३

ला लिगा : बार्सिलोना पराजित, अर्को खेलमा एट्लेटिकोको जित

बार्सिलोनको घरेलु मैदानमा सम्पन्न भएको खेलमा उसले पाहुना टिम भिल्ला रियलसँग २-० को हार बेहोरेको हो।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं- स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा बार्सिलोनाले हार बेहोरेको छ। बार्सिलोनको घरेलु मैदानमा सम्पन्न भएको खेलमा उसले पाहुना टिम भिल्ला रियलसँग २-० को हार बेहोरेको हो।

National life

आइतबार राति भिल्लालाई जित दिलाउने क्रममा अल्फन्सो र एम गोमेजले गोल गरेका थिए। अल्फन्सोले खेलको ४१औं मिनेटमा र गोमेजले खेलको ५५औं मिनेटमा गोल गर्दै बार्सिलोनाविरुद्ध जित निकालेका हुन्।

यता, गएरातिकै अर्को खेलमा भने एट्लेटिको मड्रिडले रियल सोसिडाडविरुद्ध २-१ को जित निकालेको छ। एट्लेटिकोलाई जित दिलाउनका लागि रोड्रिगो डि पालले सुरुआति गोल गरेका थिए।

त्यस्तै, एन्जल कोरियाले एट्लेटिकोका लागि दोस्रो गोल गरेका थिए। यता रियल सोसिडाडका गोरिडीले इन्ज्युरी समयमा गोल फर्काएकपछि खेल २-१ मा सकिएको थियो। गएरातिको खेलसँगै ला लिगाको यो सिजनका सबै खेल सम्पन्न भएका छन्।

अन्तिम खेलमा हार बेहोरेसँगै बार्सिलोनाले दोस्रो स्थानमा ७१ अंक मा चित्त बुझाएको छ। शीर्षस्थानको रियल मड्रिडको भने ८६ अंक छ। यता गएराति जित निकालेको भिल्लाको ५९ अंक छ भने ७१ अंककासाथ एट्लेटिको तेस्रो स्थानमा छ।

kumari

प्रकाशित: May 23, 2022| 09:45 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।