आइतबार, मंसिर ७, २०८२

आइपिएलमा हैदराबादविरुद्ध पञ्जबको जित

टस जितेर ब्याटिन रोजेको हैदराबादले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १५७ रन बनाएको थियो। जवाफमा पञ्जाबले पाँच विकेट गुमाएर निर्धारित २० ओभरमा १६० रन बनाएर जित निश्चित गरेको हो।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सले सनराइजर्स हैदराबादविरुद्ध पाँच विकेटको जित निकालेको छ। आइतबार राति वाँखडे रंगशालामा सम्पन्न खेलमा पञ्जाबले पाँच विकेटको जित निकालेको हो।

National life

टस जितेर ब्याटिन रोजेको हैदराबादले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १५७ रन बनाएको थियो। जवाफमा पञ्जाबले पाँच विकेट गुमाएर निर्धारित २० ओभरमा १६० रन बनाएर जित निश्चित गरेको हो।

पहिलो पारीमा हैदराबादका लागि अभिषेश शर्माले ४३ रन बनाएका थिए भने रोमारियो शेफर्डले अविजित २६ रन बनाएका थिए। त्यसक्रममा बलिङतर्फ पञ्जाबका हरप्रित ब्रर र नाथन इल्सले समान ३-३ विकेट गिराएका थिए।

त्यस्तै, दोस्रो पारीमा लियम लिविनस्टोम अविजित रहे पनि अर्धसतक बनाउनबाट एक रनले चुके। खेलमा शिखर धवनले पनि ३९ रनको योगदान दिएका थिए। यता, हैदराबादका फजाल्हक फारोकीले दुई विकेट गिराए।

आईपीएलको लिग चरणको यो अन्तिम खेलसमेत हो। यसअघिको खेलपहिले नै प्ले अफमा पुग्ने टिमको टुंगो लागिसकेको छ। यता गएराति प्रतिस्पर्धा गरेका यी दुवै टिम समूह चरणबाटै बाहिरिसकेका छन्।

Laxmi sunrise bank
kumari

तालिकाको शीर्ष चारमा रहँदै गुजरात टाइटन्स, राजस्थान रोयल्स, लखनौ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष चारमा स्थान बनाएका छन्।

प्रकाशित: May 23, 2022| 09:27 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।