बुधबार, कात्तिक १२, २०८२

भरतपुरमा रेनुको 'विजयपथ'

२३ वटा वडाको मतगणना सकिँदै गर्दा दाहालले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ९ हजार ८७२ मतको अग्रता लिइरहेकी छिन्।
 |  सोमबार, जेठ ९, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, जेठ ९, २०७९

चिवतन- चिवतनको भरतपुर महानगरपालिकामा मतगणना जारी रहँदा नै निकटतम प्रतिस्पर्धीभन्दा फराकिलो अग्रता बनाएर मेयर पदमा सत्ता गठबन्धनतर्फ नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहाल विजयको बाटो तय गर्ने देखिएको छ।

Kumaribank

हालसम्म २३ वटा वडाको मतगणना हुँदा दाहालले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ९ हजार ८७२ मतको अग्रता बनाएपछि उनको जित सहज देखिएको हो। गणनाको कुनै बेला विजयलाई पछ्याएकी रेनुको मतान्तर अझ फराकिलो बनाउने क्रम जारी छ।

स्वतन्त्र (कांग्रेसका बागी) उम्मेदवार जगन्नाथ पौडेलेल १३ हजार ३३० मत ल्याएका छन्। उपमेयरमा भने सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १८ हजार २१३ मतान्तरले पछाडि पारेका छन्। अधिकारीले ४४ हजार ८२८ मत पाएका छन्।  

२९ वडामध्ये २३ वटा वडाको गणना भइसकेको छ। अहिले २३ र २५ नम्बर वडाको गणना भइहरेको छ। भरतपुरमा खसेको कुल मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख ८ हजार ४५ मतगणना भइसकेको छ।

अब ७ वटा वडाको १९ हजार ७९४ मत गन्न बाँकी छ। त्योमध्ये पनि वडा नम्बर २३ र २५ को केही मतगणना भइसकेको छ। हालसम्मको अवस्था हेर्दा एमालेका विजयको कमब्याक हुने सम्भावना कम छ। मतगणनास्थलमा रहेका एमालेका प्रतिनिधि एमालेले जित्ने आशा मारिसकेका छन्। 

Metro Mart

प्रकाशित: May 23, 2022| 08:58 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...