आइतबार, असार २२, २०८२

एसी मिलानले जित्यो सिरी ए को उपाधि

आइतबार राति सम्पन्न अन्तिम चरणको खेलमा एसी मिलानले ससुअलोलाई ३-० ले हराउँदै लिगको उपाधि आफ्नो नाम गरेको हो।
 |  सोमबार, जेठ ९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

vianetvianet

काठमाडौं- इटालियन शीर्ष डिभिजनको फुटबल सिरी एको उपाधि एसी मिलानले जितेको छ। आइतबार राति सम्पन्न अन्तिम चरणको खेलमा एसी मिलानले ससुअलोलाई ३-० ले हराउँदै लिगको उपाधि आफ्नो नाम गरेको हो।

एसी मिलानलाई जित दिलाउनका लागि ओलिभिएर जिरुले दुई गोल गरे भने फ्रांक कैसरले एक गोल गरेका थिए। लिगमा एसी मिलानलाई उपाधि दौडमा इन्टर मिलानले पेचिलो प्रतिस्पर्धा गरिरहेको कारण लिगको अन्तिम राउन्ड अघिसम्म पनि विजेता टुंगो लाग्न सकेको छैन।

तर अन्तिम खेलमा मिलानले जित निकाल्दै उपाधि जितेको हो। यो जितसँगै शीर्षस्थानको मिलानले ८६ अंक बनाएको छ। यता गएराति नै साम्पदोरीयामाथि ३-० कै जित निकालेको मिलानले भने दोस्रो स्थान सुरक्षित गरेको छ। अहिले लिगमा इन्टरको ८४ अंक रहेको छ।

त्यस्तै, सिरी ए मा इन्टर नापोलीले तेस्रो र युभेन्टसले चौथो स्थान पक्का गर्दै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाएका छन्।

प्रकाशित: May 23, 2022| 08:21 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।