मंगलबार, फागुन १९, २०८२

प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

आइतबार राति सम्पन्न लिगको अन्तिम राउन्डको खेलमा एस्टन भिल्लाविरुद्ध जित निकाल्दै म्यानचेस्टर सिटीले उपाधि जितेको हो।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं- अन्तिम राउन्डमा जित निकाल्दै प्रिमियर लिगको उपाधि जित निकालेको छ। आइतबार राति सम्पन्न लिगको अन्तिम राउन्डको खेलमा एस्टन भिल्लाविरुद्ध जित निकाल्दै म्यानचेस्टर सिटीले उपाधि जितेको हो।

आइतबार रातिको खेलमा २० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै सिटीले ३२ को जित दर्ता गराएको हो।

खेलको ३७औं मिनेटमा भिल्लाका एम कासले गोल गर्दै सिटीकै मैदानमा घरेलु टिमलाई पछि पारेको थियो। दोस्रो हाफको ६९औं मिनेटमा फिलिप काउटिन्होले गोल गरेपछि सिटी दुई गाललेछि परेको थियो।

त्यस्तै प्रशिक्षक पेप ग्वार्डिओलाले खेलको ६८औं मिनेटमा इल्के गुन्डोगनलाई मैदान छिराएपछि खेल परिवर्तन भएको थियो। त्यसपछि गुन्डोगनकै दुई गोलको सहयोगमा सिटीले कमाब्या गरेको थियो।

गुन्डोगनले ७६औं र ८१औं मिनेटमा गोल गरे भने रोड्रीले खेलको ७८औं मिनेटमा गोल गरे। यससँगै सिटीले पछिल्ला पाँच सिजनमा चार उपाधि जितेको हो। यता आइतबार रातिको खेलमा जित निकालेको लिभरपुल भने दोस्रो स्थानमा छ।

kumari

प्रकाशित: May 23, 2022| 07:50 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।