शुक्रबार, मंसिर २२, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • चुनावपछिका ९ दिनमै प्रतिलिटर २० रुपैयाँ बढ्यो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य

चुनावपछिका ९ दिनमै प्रतिलिटर २० रुपैयाँ बढ्यो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। स्थानीय निर्वाचनपछि मात्रै डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २० रुपैयाँका दरले मूल्य बढेको हो।
 |  आइतबार, जेठ ८, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। स्थानीय निर्वाचनपछिका ९ दिनमै डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २० रुपैयाँका दरले मूल्य बढेको हो। वैशाख ३० गते देशभर एकसाथ स्थानीय निर्वाचन सम्पन्न भएको थियो। 

sagarmatha cement

वैशाख ३१ गते राती १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाएको निगमले आइतबार राती १२ बजेदेखि लागू हुने गरी पुनः १० रुपैयाँका दरले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेको  छ। यस्तै डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ।

यस्तै निगमले आइतबार एक सिलिन्डर ग्यासमा २ सय रुपैयाँ मूल्य बढाएको छ। अब ग्यासको मूल्य १८ सय रुपैयाँ प्रतिसिलिन्डर पुगेको छ। 

नोक्सानी बढेको भन्दै निगमले लगातार इन्धनको मूल्य बढाउँदै आएको छ। 

प्रकाशित: May 22, 2022| 21:26 आइतबार, जेठ ८, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्