बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एक सिलिन्डरमा २ सय रुपैयाँ बढ्यो ग्यासको मूल्य, प्रतिलिटर १० रुपैयाँ महँगियो पेट्रोल, डिजेल र मट्टितेल

एक सिलिन्डरमा २ सय रुपैयाँ बढ्यो ग्यासको मूल्य, प्रतिलिटर १० रुपैयाँ महँगियो पेट्रोल, डिजेल र मट्टितेल

यस्तै पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले एक सिलिन्डर ग्यासमा २ सय रुपैयाँ बढाएको छ। अब ग्यासको मूल्य १८ सय रुपैयाँ प्रतिसिलिन्डर पुगेको छ। 

National life

यस्तै पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेको  छ। यस्तै डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ।

निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ। निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाउनुपरेको बताएको छ। 

यसअघि वैशााख ३१ गते मात्र पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाइएको थियो। स्थानीय निर्वाचनका लागि भएको मतदानका दिनपछि मात्रै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २० रुपैयाँ मूल्य बढेको छ। 

प्रकाशित: May 22, 2022| 21:08 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्