बुधबार, वैशाख २६, २०८१

'हामीलाई जित्ने बानी बसाल्नु छ'

'सिरिज राम्रो रह्यो। हामीले धेरै पछि सिरिज खेलेका हौँ। घरेलु मैदान नै भएपनि हार व्यहोरेका हामीले पराजयको कारण पनि पहिल्यायौँ,' सिरिज सकिएपछि कप्तान रुविनाले भनिन्, 'त्यो बुझेर हामीले पछिल्ला दुई खेलमा १०/१२ रन धेरै बनाएर जित निकालेको हो। कीर्तिपुरको पीचमा सय रन चाहिँ कहिले पनि पर्याप्त हुँदैन।'
 |  आइतबार, जेठ ८, २०७९

विनय सापकोटा

विनय सापकोटा

आइतबार, जेठ ८, २०७९

काठमाडौं- सुरुका तीन खेलमा लगातार हार व्यहोरेको नेपालले ५ खेलको टी-२० सिरिजमा युगान्डाविरुद्ध अन्तिम दुई खेलमा जित निकाल्यो। शनिबार सम्पन्न सिरिजमा तीन खेलको नतिजा आफ्नो पक्षमा पार्दै युगान्डाले उपाधि चुमेको हो। 

triton college

सिरिजको उपाधि गुमाए पनि सकारात्मक कुरा पनि देखिएका छन्। नेपाली टिमको कमजोरी र शक्तिको पहिचान भएको छ। यसका साथै पछिल्ला दुई जित पनि सकारात्मक भएको कप्तान रुविना क्षेत्री बताउँछिन्। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले  १२ रन हार व्यहोर्न पुग्यो। दोस्रो खेलमा एक विकेटको हार व्यहोरेको नेपाली टिमले तेस्रो खेलमा नेपालले ६ विकेटको हार व्यहोरेर सिरिज नसकिँदै उपाधि गुमायो। चौथो खेलमा १५ रनको जित निकालेको नेपालले अन्तिम खेलमा ३४ रनको जित निकाले पनि ५ खेलको सिरिजमा सुरुका तीन खेल लगातर हारेपछि उपाधि आफूसँग राख्न नसकेको हो। 

'सिरिज राम्रो रह्यो। हामीले धेरै पछि सिरिज खेलेका हौँ। घरेलु मैदान नै भएपनि हार व्यहोरेका हामीले पराजयको कारण पनि पहिल्यायौँ,' सिरिज सकिएपछि कप्तान रुविनाले भनिन्, 'त्यो बुझेर हामीले पछिल्ला दुई खेलमा १०/१२ रन धेरै बनाएर जित निकालेको हो। कीर्तिपुरको पीचमा सय रन चाहिँ कहिले पनि पर्याप्त हुँदैन।'

'प्रदर्शनका आधारमा 'स्किलवाइज' राम्रो भए पनि फिटनेस र फिल्डिङमा चुकेको कारण सिरिज गुमाउन पुग्यौँ,' नेपाली टिम हारले सिकाएका कुरा प्रष्ट पार्दै प्रशिक्षक जगत टमाटा विश्लेषण गर्छन्।

शनिबार सम्पन्न सिरिजको अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर १२३ रन बनाएको थियो। जवाफमा युगान्डाले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर ९० रन मात्र बनाएपछि अन्तिम खेलमा पनि नेपालले जित निकालेको हो।

corrent noodles
Metro Mart

'प्रदर्शनका आधारमा 'स्किलवाइज' राम्रो भए पनि फिटनेस र फिल्डिङमा चुकेको कारण सिरिज गुमाउन पुग्यौँ। बलर-ब्याटस्म्यानका हिसाबले हामी युगान्डाभन्दा बलियो नै हो। तर हामीले फिल्डिङबाट ५ रन जति धेरै दियौँ। तर ब्याटिङमा त्यही ५-७ रन कम बनाएको कारण जित निस्कन सकेन,' नेपाली टिम हारले सिकाएका कुरा प्रष्ट पार्दै प्रशिक्षक जगत टमाटा विश्लेषण गर्छन्, 'विस्तारै त्यसलाई 'कभरअप' गरेर पछिल्ला दुई खेलमा जित निकालेका हौँ।' नेपालले तीन खेलपछि मात्र जित निकाल्यो। उपाधि रक्षाका लागि तीन भारी परिसकेको थियो।

पहिलो खेलपछि नै कप्तान रुविनाले घरेलु मैदानका कारण खलाडीले धेरै दबाब लिएकाले प्रदर्शन राम्रो गर्न नसकेको हुन सक्ने बताइन्। सिरिज उपाधिको टुंगो लागिसकेपछिका दुई खेल भने नेपालले जित्यो। दबाब नभएपछि नेपाली खेलाडीले राम्रो खेलेको हो त? जवाफमा प्रशिक्षक टमाटा भन्छन्, 'त्यस्तो त होइन। आआफ्नो रोल छ। स्किल र इनर्जी राम्रो हो। देशका लागि धेरै खेलाडीले खेलिरहेका छन्। उनीहरुलाई हेरेर पनि नयाँ खेलाडी आइरहेका छन्। मलाई लाग्दैन कि दबाबले त्यस्तो भएको हो।'

नेपाली खेलाडीको प्रदर्शन 
यो सिरिजमा नपाली खेलाडी ज्योति पाण्डेले सर्वाधिक ११९ रन बनाइन्। चार खेलमा अवसर पाएकी ज्योतिले पहिलो खेलमा ६ रन मात्र बनाएकी थिइन्। दोस्रो खेलमा तीन रन नपुर्‍याउँदा अर्धशतक बनाउनबाट चुकिन्। तेस्रो खेलमा १७ रन जोडेकी उनले अन्तिम खेलमा एक रनले अर्धशतक भेटिनन्। 

त्यस्तै पहिलो खेल गुमाएकी सिता रना मगरले पनि एक विकेट लिइन् भने चार खेलमा क्रमशः ६, १२, ११ र १७ रनको योगदान गरिन्। नेपाली टिमको कप्तानी सम्हालेकी रुविनाको ब्याटिङ सम्झनलायक रहेन। बलिङमा उनी कामयाब रहिन्। ५ खेलमा चार ४ विकेट गिराएकी थिइन्। 

यो सिरिजबाट इन्दु बर्माले उपकप्तानको जिम्मेवारी पाएकी छन्। नेपाली टिमको कप्तान रुविना र प्रशिक्षक जगत टमाटाका अनुसार इन्दू अब नेपाली टिमको स्थायी उपकप्तान हुन्। उनले पनि पछिल्लो प्रतियोगिताको तुलनामा यो सिरिजमा राम्रो प्रदर्शन गर्न सकिनन्। सिरिजमा दुई विकेट लिएकी उनले ब्याटिङमा सम्झनलायक प्रदर्शन गरिनन्।

डेब्यु खेलाडीको प्रदर्शन
नेपाली राष्ट्रिय टिममा यो सिरिजमा दुई खेलाडीले डेब्यु गरे। डेब्यू गर्नेमध्येकी हिरण्मयी राय चर्चामा रहिन्। अन्तिम दुई खेलमा अवसर पाएकी रायले पहिलो खेलमा तीन ओभर बलिङ गर्दै ११ रन खर्चिएर दुई विकेट लिएकी थिइन्। अन्तिम खेलमा उनले एक विकेट लिइन्।

तीन खेलमा अवसर पाएकी अस्मिनाले दुई विकेट गिराइन्। बागमती प्रदेशबाट प्रधानमन्त्री कप महिला क्रिकेट खेलेकी उनले ललितपुर मेयर्स ११ बाट ललितपुर मेयर कप खेलेकी थिइन्। मेयर कपमा भने उनले लुम्बिनीविरुद्ध २० र प्रदेश १ विरुद्ध २४ रन बनाएकी थिइन्।

प्रकाशित: May 22, 2022| 20:00 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।