बुधबार, असार १०, २०८३

शाओमीका तीन नयाँ इकोसिस्टम उत्पादन नेपाली बजारमा

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी एस १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मि होम सेक्युरिटी क्यामरा ३६० नेपाली बजारमा ल्याएको छ।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी एस १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मि होम सेक्युरिटी क्यामरा ३६० नेपाली बजारमा ल्याएको छ। शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्ट अन्तर्गतको होम सेक्युरिटी क्यामरा घरको सुरक्षाको निम्ती हो भने बाँकी दुई स्मार्ट वाच हुन् । 

National life

उत्पादनक सार्वजनिक कार्यक्रममा शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने, “हामी सधै सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिजाइनयुक्त डिभाइसहरु हाम्रा उपभोक्ता माझ ल्याउन प्रयासरत छौँ । हामी चाहन्छौँ कि हाम्रा उपभोक्ताहरुको लागि दैनिक जीवनमा अत्यन्त काम लाग्ने व्यावहारिक,  राम्रो पर्फर्मेन्स भएको र उपयोगी फिचरहरु भएको उत्पादनहरु दिन सकौँ ।” 

उनका अनुसार शाओमी एसवान एक्टिभ फिटनेसमा रुची राख्ने व्यक्तिहरुको लागि उपयोगी लेटेस्ट र स्टाइलिश स्मार्ट वाच हो । यसमा १. ४३ इन्च को हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाइ रिफ्रेस स्क्रिन रहेको छ। यसले चौबिसै घण्टा मुटुको चाल रेकर्ड गर्नुको साथै अन्य ११७ वटा फिटनेस मोडहरु पनि रहेको छ । नर्मल मोडमा १२ दिन र ब्याट्रि सेभर मोडमा २४ दिन टिक्ने यो स्मार्ट वाच वाटर प्रुफ पनि छ । खेल प्रेमीहरुको लागि विषेष रुपमा डिजाइन गरिएको यो स्मार्टवाच हलुका हुनुको साथै यसमा भएको डुअल ब्यान्ड जि पि एसले मल्टिपल स्याटेलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ जसले गर्दा ठेगाना हरु छिटो र सहि रुप मा ट्र्याक हुन्छ ।

यस्तै रेडमी स्मार्ट ब्यान्ड प्रो पनि १. ४७ इन्च को फुल एमोलेड डिस्प्ले सहित उपलब्ध छ जसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुको साथै चौबिसै घण्टा मुटुको चाल पनि रेकर्ड गर्छ। वाटर रेसिस्टन्ट यो स्मार्ट वाचमा ११० भन्दा बढी वर्क आउट मोडहरु छन् ।

त्यस्तै मि होम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालो मा पनि फुल कलर प्यालेट देख्न सकिन्छ। यि क्यामरा हरु ले ३६० एङल बाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन् जसले गर्दा घर मा कोही प्रवेश गर्न लागेको जानकारी पहिला नै पाईन्छ। साथै यसमा भएको टु वे अडियो टक ब्याक फिचरले गर्दा जहाँबाट पनि आफ्नो परिवारसँग कुरा गर्न सकिन्छ । यसमा ३२ जि बि सम्म को स्टोरेज छ र यसलाई घरको जुनसुकै कुना मा सजिलै सँग फिट गर्न सकिन्छ। 

Shivam cement

शाओमी एस वान एक्टिभ स्मार्ट वाचको मूल्य नेपाली रुपैयाँ २२,९९९ रहेको छ भने रेड मि स्मार्ट ब्याण्ड प्रोको मूल्य रु ६,१९९ रहेको छ । त्यस्तै मी होम सेक्युरिटी क्यामरा ३६० को मूल्य रु ४,४९९ रहेको छ र यी तीनवटै उत्पादनहरु मी नेपालको सम्पूर्ण आधिकारिक स्टोरहरुमा उपलब्ध छन् ।


प्रकाशित: May 22, 2022| 16:49 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्