आइतबार, मंसिर ७, २०८२

प्रिमियर लिगको उपाधि छिनोफानो आज

इङ्ग्लिस प्रिमियर लिगको उपाधि विजेता टिमको टुंगो आज राति लाग्दैछ।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिगको उपाधि विजेता टिमको टुंगो आज राति लाग्दैछ। अन्तिम तथा ३८औं चरणका खेलहरुमा आज उपाधि दाबेदार टिम म्यानचेस्टर सिटी र लिभरपुलको खेल हुँदैछ। सिटीले एस्टन भिल्लासँग र लिभरपुलले उल्भ्ससँग खेल्दै छ। खेल नेपाली समयअनुसार बेलुकी एकै समय ८ः४५ बजेबाट सुरु हुनेछ। 

National life

३७ खेलबाट ९० अंक जोडेको सिटी तालिकाको शिर्ष स्थानमा रहेको छ। त्यस्तै लिभरपुलको समान ३७ खेलबाट ८९ अंक रहेको छ। अन्तिम चरणसम्म आइपुग्दा पनि प्रिमियर लिगको उपाधिको छिनोफानो भइसकेको छैन। आजको खेलमा दुबै टिमले जित निकालेमा म्यान्चेस्टर सिटीले उपाधि जित्ने छ। सिटी प्रिमियर लिगको अघिल्लो संस्करणको विजेता पनि हो। लिभरपुलले आजको खेल जिते पनि सिटीको खेलको नतिजाले असर गर्ने छ। आजको खेल दुबै टोलिलाई जित्नै पर्ने दबाब  रहेको छ। 

यो सिजन लिभरपुल प्रिमियर लिग र च्यम्पियन्स लिग सहित चार उपाधि जित्ने लक्ष्यमा रहेको छ। यसअघि लिभरपुलले एफए कप र इफएल कपको उपाधि जितिसकेको छ जहाँ दुबै उपाधि जितिरहँदा चेल्सीलाई पराजित गरेको थियो। प्रशिक्षक योर्गेन क्लोप यो सिजन आफ्नो टिमलाई चार उपाधि दिलाउँदै इतिहास रच्ने दाउमा छन्। उनको टिम च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग भिड्दै छ।

म्यान्चेस्टर सिटी यो सिजन कुनै पनि उपाधि जित्न सकेको छैन। प्रशिक्षक पेप ग्वार्डिओलाको लागि आजको खेल झनै विशेष रहने छ। कुनै पनि उपाधि जित्न नसकेका कारण पेपमाथि चर्को आलोचना भइरहेको छ। च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिडसँग अप्रत्यासित हार व्यहोरेको सिटी आजको खेलमा पराजित भए यो सिजन उपाधिविहिन हुने छ।

शीर्ष चारका लागि संघर्ष गरिरहेका दुई टिम आर्सनल र टोट्नह्यामको पनि च्याम्पियन्स लिगमा छनोट हुने टुंगो आज हुँदै छ। टोटनह्याम ६८ अंक सहित चौथो स्थानमा रहेको छ। त्यस्तै आर्सनलको ६६ अंक रहेको छ। आजको खेल दुवै टोलीका लागि जित्नैपर्ने दबाब छ। टोटनहम आजको खेलमा जित निकाल्न सके च्याम्पियन्स लिगको लागि छनोट हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 22, 2022| 14:01 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।