सोमबार, असोज १२, २०८३

तोलामा ७०० ले बढ्यो सुनको मूल्य

अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ७०० ले बढेको हो।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं- सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ७०० ले बढेको हो।     

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० थियो। 

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २७० कायम रहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: May 22, 2022| 11:46 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्