सोमबार, असोज १२, २०८३

एक करोड नाघे टेलिकमका फोरजी प्रयोगकर्ता

कम्पनीका अनुसार यो चैत महिनासमम फोरजी ग्राहक आधार एक करोड ४ लाख २१ हजार ९७६ पुगेको हो।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं- नेपाल टेलिकमको फोरजी सेवा प्रयोगकर्ताको संख्या एक करोड माथि पुगेको छ। कम्पनीका अनुसार यो चैत महिनासमम फोरजी ग्राहक आधार एक करोड ४ लाख २१ हजार ९७६ पुगेको हो।

अघिल्लो महिना (फागुन)मा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ रहेकोमा अहिले एक करोड भन्दा बढी पुगेका हुन्। 

यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० पुगेका छन्। फागुनसम्म यस्तो जनसंख्या अर्थात ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ रहेको थियो। त्यसैगरी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक छन्। कम्पनीका अनुसार समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता दुई करोड २० लाख ९१ हजार ७८५ छन्। 

नेपाल टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखराबाट सुरु गरेको फोरजी-एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ।

फोरजी सेवा प्रयोग गर्नका लागि उपयुक्त मोबाइल फोन सेटका साथै सिम कार्ड पनि सेवा चल्ने (सपोर्ट गर्ने) हुनु पर्दछ। साथै फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्र हुनुपर्दछ।

प्रकाशित: May 22, 2022| 11:06 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्