मंगलबार, फागुन १९, २०८२

सकियो फ्रेन्च लिग वान : अन्तिम खेलमा एम्बाप्पेको ह्याट्रिक

अन्तिम खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मेट्सविरुद्ध ५-० को सानदार जित निकालेको छ। पीएसजीको जितमा एमबाप्पेले ह्याट्रिक गरे।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं- फ्रेन्च लिग वानको सिजन शनिबार राति सम्पन्न भएको छ। शनिबार राति लिग वानका अन्तिम चरणका खेल भएसँगै लिगको समाप्ति भएको हो।

अन्तिम खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मेट्सविरुद्ध ५-० को सानदार जित निकालेको छ। पीएसजीको जितमा एमबाप्पेले ह्याट्रिक गरे। उनले खेलको २५औं, २८औं र ५०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन्। त्यस्तै खेलमा नेयमार र एन्जल डि मारियाले पनि समान १-१ गोल गरे।

शनिबार रातिकै बाँकी खेलमा रिम्सले घरेलु मैदानमा निससँग ३-२ गोलको हार बेहोरेको छ भने एन्जर्सले मोन्टपिलरमाथि २-० को जित निकालेको छ।

यता गए रातिका चार खेल चाहिँ बराबरीमै रोकिएका छन्। लेन्सले मोनाकोलाई बराबरीमा रोक्यो भने लोरियन्टले ट्रोयेजलाई पनि बराबरीमा राख्न सफल भयो। त्यस्तै, लोजक र रेन्निसले २-२ को नजिता निकाल्दा नान्टेसले सेन्ट इटियनलाई १-१ को बराबरीमा रोक्न सफल भएको हो।

शनिबार राति मार्सेको मैदानमा भएको खेलमा उसले पाहुना टिम स्ट्राबर्गलाई ४-० गोलअन्तरले हराएको छ।

kumari

अन्तिम चरणका खेल सकिएपछि उपाधि विजेता पीएसजीले ८६ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको मार्सेको ७१ अंक छ। ६९ अंकका साथ मोनाको तेस्रो स्थानमा रहँदा ६६ अंक बनाएको रेन्निसले पनि चौथो स्थान पाएको छ।

लिग वानको शीर्ष तीनमा पर्ने टिमले अर्को सिजनको युरोपियन च्यासम्पियन्स लिग खेल्न पाउनेछ। त्यस्तै, चौथो स्थानको टिमले भने दोस्रो श्रेणीको युरोपा लिग खेल्नेछ।

त्यस्तै, बोरडक्स र मेट्ज यो वर्ष तालिकाको पुछारमा रहे। यी दुबै टिम दोस्रो डिभिजनमा घटुवा भएका छन्।

प्रकाशित: May 22, 2022| 10:16 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।