आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • युगान्डासँगको टी–२० सिरिजका अन्तिम दुई खेलमा जित निकाल्यो नेपालले

युगान्डासँगको टी–२० सिरिजका अन्तिम दुई खेलमा जित निकाल्यो नेपालले

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजित नेपाल र युगान्डाबीचको टी २० सिरिज आज शनिबार सम्पन्न भएको छ। सुरुकै तीन खेलमा हार बेहोरेपछि सिरिज गुमाएको नेपालले अन्तिम दुई खेलमा भने जित निकालेको छ।
 |  शनिबार, जेठ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ७, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजित नेपाल र युगान्डाबीचको टी २० सिरिज आज शनिबार सम्पन्न भएको छ। सुरुकै तीन खेलमा हार बेहोरेपछि सिरिज गुमाएको नेपालले अन्तिम दुई खेलमा भने जित निकालेको छ।

शनिबार सम्पन्न सिरिजको अन्तिम खेलमा नेपालले ३३ रनको जित निकालेको हो। आज ज्योति पाण्डेको ४९ रनसँगै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी नेपाल र युगान्डा महिला टिमको अन्तिम खेलमा नेपालले १२४ रनको प्रतिस्पर्धात्मक  लक्ष्य प्रस्तुत गरेको थियो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाले पूरा ओभर खेल्दै छ विकेट गुमाएर १२३ रन बनाएको थियो। जवाफमा युगान्डाले पूरा ओभर खेल्दै छ विकेट गुमाएर ९० रन मात्र बनाएपछि अन्तिम खेलमा नेपालले जित निकालेको हो।

नेपालका लागि ओपनिङमा ज्योतिसँगै आएकी सिता राना मगरले २४ बलमा १७ रन जोडिन्। त्यस्तै, इन्दू वर्मा आठ रन बनाएर आउट हुँदा कविता जोशीले पनि पाँच रनको योगदान दिइन्। त्यस्तै १८ ओभरको चौथो बलमा  युगान्डाका लागि कोन्सी अवेको र फिओना कुलुमीले समान १–१ विकेट लिए। ज्योति, अप्सरी बेगम र रुविना क्षेत्री भने रनआउट भइन्।

जवाफमा युगान्डाका ओपनर केभिन अविमोले १५ रन बनाइन भने जानेट एमबाबाजीले १० रनको योगदान दिइन्। त्यस्तै, रिता मुसामालीले २६ रनको योगदान दिइन्। यसबाहेक अन्य खेलाडीले सम्झनलायका प्रदर्शन गर्न सकेनन्।

यता बलिङतर्फ नेपालका अश्मिना कर्माचार्यले र हिरनमयी रोयले समान १–१ विकेट लिए। त्यस्तै, इन्दू बर्मा र सिता राना मगरले पनि समान २–२ विकेट गिराए।

सिरिजको पहिलो खेल १२ रनले गुमाएको नेपालले दोस्रो खेलमा एक विकेटको हार बेहोरेको थियो। तेस्रो खेलमा नेपालले छ विकेटको हार बेहोरेको थियो। तर अन्तिम दुई खेल नेपालको नाममा रह्यो। चौथो खेलमा नेपालले १५ रनको जित निकाल्यो भने अन्तिम खेलमा ३४ रनको जित निकालेको हो।

प्रकाशित: May 21, 2022| 16:36 शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।