मंगलबार, फागुन १९, २०८२

इतिहास बनाउनबाट एक रनले चुकिन ज्योति

पछिल्लो खेलमा ४७ रनमा आउट भएकी ज्योति पाण्डे शनिबारको खेलमा ४९ रनमा आउट भएकी छन्।
 |  शनिबार, जेठ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ७, २०७९

काठमाडौं- पछिल्लो खेलमा ४७ रनमा आउट भएकी ज्योति पाण्डे शनिबारको खेलमा ४९ रनमा आउट भएकी छन्। यससँगै ज्योति घरेलु मैदानमा पहिलो पटक अर्धसतक बनाउने कीर्तिमानबाट चुकेकी छन्। शनिबार कीर्तिपुर मैदानमा उनले युगान्डाविरुद्ध ६१ ब्लमा तीन चौकाका साथ ४९ रन बनाएर आउट भइन्।

ज्योतिको ४९सँगै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी नेपाल र युगान्डा महिला टिमको अन्तिम खेलमा नेपालले .१२४ रनको प्रतिस्पर्धात्मक  लक्ष्य प्रस्तुत गरेको छ।

शनिबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपाले पुरा ओभर खेल्दै छ विकेट गुमाएर १२३ रन बनाएको थियो।

नेपालका लागि ओपनिङमा ज्योतिसँगै आएकी सिता राना मगरले २४ बलमा १७ रन जोडिन्। त्यस्तै, इन्दू वर्मा आठ रन बनाएर आउट हुँदा कविता जोशीले पनि पाँच रनको योगदान दिइन्। 

त्यस्तै १८ ओभरको चौथो बलमा युगान्डाका लागि कोन्सी अवेको र फिओना कुलुमीले समान १–१ विकेट लिए। ज्योति, अप्सरी बेगम र रुविना क्षेत्री भने रनआउट भइन्।

kumari

प्रकाशित: May 21, 2022| 14:53 शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।