मंगलबार, वैशाख २५, २०८१

रंगेलीमा १०७ मत बढी भेटियो, प्रहरी र दलका कार्यकर्ताबीच झडप

मोरङको रंगेलीमा मतगणनाका क्रममा १०७ बढी मत फेला परेपछि तनाव उत्पन्न भएको छ।
 |  शुक्रबार, जेठ ६, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, जेठ ६, २०७९

विराटनगर- मोरङको रंगेलीमा मतगणनाका क्रममा १०७ बढी मत फेला परेपछि तनाव उत्पन्न भएको छ। मतगणनाका क्रममा बढी मत भेटिएको भन्दै कांग्रेस लगायत गठबन्धनका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। दलको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ। 

triton college

रंगेली वडा नम्वर ७ को मतगणनाको क्रममा १०७ मत बढी देखिएको भन्दै गठबन्धनमा आवद्ध दलका कार्यकर्ताहरूले शुक्रबार बिहानैदेखि प्रदर्शन शुरु गरेका थिए।

कार्यकर्ताहरूको विरोधका कारण अन्य वडाको मतगणना समेत स्थगित भएको छ। वडामा ३ हजार २४२ मत खसेकोमा मतगणनाको क्रममा ३ हजार ३४९ मत भेटिएको थियो। खसेभन्दा बढी मत देखिएपछि कार्यकर्ताहरूले धाँधली भएको भन्दै प्रदर्शन गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले कम्प्युटरमा प्रविष्टि गर्ने क्रममा त्रुटी भएको जनाएको छ। बढी मत फेला नपरेको निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेको भनाइ छ। 

मतगणना स्थलको सुरक्षा र अवस्था नियन्त्रणका क्रममा प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको छ। झडपमा एक जना प्रहरी जवान घाइते भएका छन्। स्थिति तनावपूर्ण भएपछि सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ। 

corrent noodles
Metro Mart

यसअघि मतगणनामा एमालेका उम्मेदवारहरूले फराकिलो मतान्तर बनाएकाले धाँधली भएको कांग्रेससहित गठबन्धनमा आवद्ध दलले आरोप लगाएर मतगणना स्थगित गरिएको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रंगेली पुगेर मतगणना तत्काल सञ्चालन गर्न निर्देशन दिएपछि सुरुबाटै गणना गरिएको थियो।

रंगेलीका १ देखि ५ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको छ। सवै वडामा एमाले उम्मेदवार प्यानलै निर्वाचित भएका छन्। रंगेलीको प्रमुख पदमा एमालेबाट  दिलिपकुमार अग्रवाल र कांग्रेसबाट मोदराज घिमिरे प्रतिस्पर्धामा छन्।


प्रकाशित: May 20, 2022| 19:23 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।