बुधबार, असार १०, २०८३

'सेतो बाघ' भोड्का बजारमा

मदिरा उत्पादक कम्पनी नेचुरल स्प्रिटले सेतो बाघ ब्राण्डको भोड्का ल्याएको छ। यो कम्पनीले सारंगी ब्राण्डको ह्विस्की बिक्रीवितरण गर्दै आएको थियो।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं– मदिरा उत्पादक कम्पनी नेचुरल स्प्रिटले सेतो बाघ ब्राण्डको भोड्का ल्याएको छ। यो कम्पनीले सारंगी ब्राण्डको ह्विस्की बिक्रीवितरण गर्दै आएको थियो। 

National life

मदिरा पारखीहरुका लागि उत्कृष्ट ब्राण्डको भोड्का ल्याएको कम्पनीको दावी छ। यो भोड्का हिमाली झरनाको पानी र युरोपबाट आयातित कच्चापदार्थ बाट नेपाली स्वादमा तयार गरिएको कम्पनीले बताएको छ। भोड्का अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारिएको छ।

मदिरा उत्पादन तथा बिक्रीवितरण सँगसँगै सामाजिक उत्तरदायित्वप्रति पनि त्यत्तिकै जिम्मेवार रहेको कम्पनीले बताएको छ। सोहीअनुसार बाघहरुको संरक्षणमा समेत चासो राख्दै उत्पादनको नाम नै सेतो बाघ राखेका कम्पनीले बताएको छ। 

सेतो बाघ भोड्का १८० मिलि, ३७५ मिलि र ७५० मिलिमा उपलब्ध छ।

प्रकाशित: May 20, 2022| 17:53 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्