काठमाडौं– स्मार्टफोन ब्रान्ड भिभोले अनुसन्धान तथा विकासमा लगानी गर्दै आफ्ना प्रयोगकर्ताका लागि हाई–टेक एवं प्रयोगकर्ता–मैत्री स्मार्टफोनहरू ल्याउने प्रयासमा ग्राहकको जीवन सरल बनाउन अद्वितीय उपकरणहरु प्रदान गर्दै आइरहेको बताएको छ। ब्रान्डले धेरै हदसम्म आफूलाई व्यावसायिक स्मार्टफोन फोटोग्राफीको रुपमा चिनाउँदै आइरहेको छ।
सबै प्रयोगकर्ताहरूका लागि व्यावसायिक क्यामेराका तत्वहरू अझ पहुँचयोग्य बनाउन भिभोले आफ्ना प्रत्येक नयाँ उत्पादनहरूमा उल्लेखनिय विशेषताहरू थप्दै आइरहेको छ । तर, भिभोले क्यामेरा मात्र नभएर डिजाइन र कार्यसम्पादनलाई पनि उत्तिकै प्राथमिकतामा राखेको बताएको छ ।
भिभोको हालै सार्वजनिक गरेको भी२३ फाइजीले बजारमा निकै चर्चा पाएको छ । नेपालमा यसले रंग परिवर्तन गर्ने फ्लोराइट एजी डिजाइनको लागि धेरैको ध्यान खिच्न सफल भयो । यो नवीनता भिभोको दुई वर्ष लामो क्रस इन्डस्ट्री र क्रस डिसिप्लिन अनुसन्धानको परिणाम हो। यसले निःसन्देह उपकरणको डिजाइन र सौन्दर्यशास्त्रलाई अर्को स्तरमा पुर्याएको छ । कलर चेन्जिङ फ्लोराइट एजी डिजाइनले गर्दा स्मार्टफोन अल्ट्रा भायोलेट किरण वा घाममा लगभग ३० सेकेन्डपछि रङ परिवर्तन गर्छ । घामबाट फोन हटाएपछि यो पुनः सामान्य रङमा फर्किन्छ । सनसाइन गोल्ड भेरियन्ट हल्का आइस ब्लू र पिकं–ओरेन्ज रंगबाट नीलो–हरियो ग्रेडियन्टमा परिर्वतन हुन्छ ।
कम्पनीका अनुसार सबैभन्दा आम समस्या भनेको फोटोग्राफीमा रातको सौन्दर्यलाई कैद गर्न उत्तम वा पर्याप्त उत्तम प्रकाश फेला पार्नु हो । धेरै स्मार्टफोन ब्रान्डहरूले आफ्ना उपकरणहरूलाई कम प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्नका लागि थप उपयुक्त बनाउन ध्यान केन्द्रित गरिरहेका छन् । भिभोले प्रकाशको इनटेक बढाउदै कम प्रकाशको अवस्थामा एक्सपोजर टाइम विस्तार गरेर उत्कृष्ट तस्बिरहरू खिच्न सकिने उन्नत नाइट क्यामेरा प्रणाली ल्याएर यो चुनौतीलाई सफलतापूर्वक सामना गरेको छ । यसले उत्कृष्ट र स्पष्ट तस्वीरहरु खिचेर सम्पादनको आवश्यकतालाई हटाउँछ । भिभोका भी सिरिजका स्मार्टफोनहरू यस नवीनताको प्रमाण हुन् ।
स्मार्टफोनको मुख्यतय रियर क्यामेरा केन्द्रित हुने दिनहरु गइसकेको छ । आजकल, अगाडिको क्यामेरा पनि पछाडिको क्यामेरा जत्तिकै महत्त्वपूर्ण छन् । सामाजिक सञ्जालमा सामग्री सिर्जनाकर्ताहरू र भिडियो लगरहरू वृद्धि भएसंगै यो एक ट्रेन्ड बनेको छ । उनीहरुको अनुभवलाई उत्कृष्ट बनाउन तथा युवाहरूलाई रचनात्मक स्वतन्त्रता दिन भिभोले उन्नत सुविधाहरूसहित उच्च–रिजोल्युसन फ्रन्ट क्यामेराहरू विकास गर्दै आएको छ । यति धेरै कि भिभोले वाई सिरिज स्मार्टफोनहरू जस्तै वाई३३एस र वाई५३एस मा अद्भूत क्यामेरा विशेषताहरु ल्याएको छ जसले महत्वाकांक्षी सामग्री सिर्जनाकर्ताहरूलाई उनीहरूको करियरमा अहम भूमिका निर्वाह गर्नेछ ।
भी२१ स्मार्टफोन मार्फत भिभोको फ्रन्ट क्यामेरा ओआइएस आकांक्षाहरू हासिल गरिएको थियो । नयाँ युगको सेल्फी क्यामेराहरू स्थिर, अल्ट्रा–क्लियर फोटोहरू, हलचल गर्दा पनि स्पष्ट तस्वीरहरु खिच्न सक्षम छन् । भिभो भी२३ फाइभजीको फ्रन्टमा भएको ५० एमपी अटोफोकश सेल्फी पेट्र्रोट सेल्फी र ८एमपी सुपर वाइड–एंगल क्यामेराको उन्नत संयोजनले अनुकूलित जेएनभी सेन्सर र आई अटोफोकसको साथ रचनात्मक प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्न विशेषताहरुको पूर्ण नयाँ दायरा प्रदान गर्दछ ।
बजारमा हालै सार्वजनिक भएको भिभो भी२३ फाइभजी कुनै योद्धाभन्दा कम नभएको कम्पनीको दाबी छैन । दैनिक आवश्यकताहरू पूरा गर्न रोमाञ्चक कार्यसम्पादन र बलियो ब्याट्री ब्याकअप प्रदान गर्दै थप मजबुद विशेषताहरु समावेश भएको यो स्मार्टफोन एक विचारशील आविष्कार हो । यस स्मार्टफोनमा सामाजिक सञ्जाल उत्साहीहरू, गेमरहरू, उत्साही पाठकहरूले ९० हर्ज रिफ्रेस रेट डिस्प्लेको साथ सुपर स्मूद प्रदर्शनको मजा लिन सक्छन् । भि२३ फाइभजीमा ४४ वाट्ट फ्ल्यासचार्ज क्षमता पनि छ जसले सुपर स्लिम ४२००एमएएच (टाइप) ब्याट्रीलाई छिटो र प्रभावकारी रूपमा पावर अप गर्न सक्छ ।