बुधबार, असार १७, २०८३

मैदान ओसिलो भएपछि नेपाल र युगान्डाको खेलमा टस हुन सकेन

पाँच खेलको सिरिजका लागि काठमाडौं भ्रमणमा रहेको युगान्डाको महिला टोलीविरुद्ध शुक्रबार नेपाली महिला क्रिकेट टिमले चौथो खेल खेल्दैछ।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं- पाँच खेलको सिरिजका लागि काठमाडौं भ्रमणमा रहेको युगान्डाको महिला टोलीविरुद्ध शुक्रबार नेपाली महिला क्रिकेट टिमले चौथो खेल खेल्दैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने खेलको लागि निर्धारित समयसम्म पनि टस हुन चाहिँ सकेको छैन।

वर्षाका कारण मैदान ओसिलो भएर खेल सुरु गर्ने सम्भावना कम भएपछि टस हुन नसकेको हो।

पहिलो चरणको मैदान अनुगमनपछि टसको समयलाई १ बजे सारिएको छ। त्यस्तै, साढे १ बजेबाट खेल सुरु हुनेछ।

पाँच खेलको यो सिरिजमा ३–० को अग्रता बनाउँदै युगान्डले जित निकालिसकेको छ भने नेपालले सिरिज गुमाएको छ। त्यसैले नेपाल यो सिरिजका बाँकी दुई खेलमा भने जित निकाल्न चाहन्छ।

सिरिज गुमाएपछि नेपाली टिमकी कप्तान रुविना क्षेत्रीले नेपाली टिमको कामजोरीबार चर्चा गरेकी थिएन। उनले मिसफिल्डिङ र फिटनेसमा समस्या मुख्य भएको बताएकी छन्।

प्रकाशित: May 20, 2022| 12:51 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।