मंगलबार, फागुन १९, २०८२

कोहलीको सानदार ब्याटिङमा बैंगलोरको जित

वांखडे रंगशालामा बिहीबार राति सम्पन्न भएको १४औं खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग आठ विकेटको हार बेहोरेको हो।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चौथो हार बेहोरेको छ। वांखडे रंगशालामा बिहीबार राति सम्पन्न भएको १४औं खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग आठ विकेटको हार बेहोरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले पुरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६८ रन बनाएको थियो। जवाफमा  बैंगलोरले आठ बल बाँकी रहँदै दुई विकेट गुमाएर १६९ रनको लक्ष्य पुरा गरेको थियो।

बैंगलोरका लागि विराट कोहलीले सर्वाधिक ७३ रनको योगदान दिए भने फाफ डु प्लेसिसले ४४ र ग्लेन म्याक्सवेलले ४० रन बनाए। त्यस अवधिमा रसिद खानले दुई विकेट लिए।

पहिलो पारीमा हार्दिक पाण्ड्याले ६२ रन बनाएका थिए भने डेविड मिल्नरले ३४ रनको योगदान दिएका थिए। त्यसक्रममा जोस हज्लेवुडले दुई विकेट लिँदा म्याक्सवेल र वानिन्दू हसरंगाले समान १,१ विकेट गिराएका थिए।

हारका बाबाजुद २० अंक भएको गुजरात शीर्षस्थानमा छ भने चौथो स्थानको बैंगलोरको १६ अंक छ। शीर्षस्थानको गुजरात र दोस्रो स्थानको लखनौ आईपीएलको प्ले अफमा पुगिसकेका छन्।

kumari

प्रकाशित: May 20, 2022| 10:09 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।