आइतबार, मंसिर ७, २०८२

नेपाललाई हराउँदै युगान्डाले सहजै जित्यो टी-२० सिरिज

युगान्डाविरुद्धको तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। खेलमा नेपालले पुरा ओभर खेल्दै ८ विकेट गुमाएर ९९ रन बनाएको हो। त्यसैले जितका लागि युगान्डाले १०० रन बनाउनु पर्ने थियो।
 |  बिहीबार, जेठ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ५, २०७९

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायलको मैदानमा जारी सिरिजमा युगान्डाको महिला टिमले जित निकालेको छ। पाँच खेलको टी २० सिरिजअन्तर्गत तेस्रो खेलमा लगातार तेस्रो जित निकाल्दै युगान्डाले सिरिज जितेको हो।

National life

युगान्डाविरुद्धको तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। खेलमा नेपालले पुरा ओभर खेल्दै ८ विकेट गुमाएर ९९ रन बनाएको हो। त्यसैले जितका लागि युगान्डाले १०० रन बनाउनु पर्ने थियो।

उसले १८ ओभर दुई बलमै चार विकेट गुमाएर लक्ष्य पुरा गरेपछि ३–० को अग्रताका साथ सिरिजमा जित निकालेको हो। सिरिजका सबै खेलमा नेपालले हार बेहोरेपछि युगान्डाले सहजै जित निकालेको हो।

युगान्डाको जितका लागि ओपनर केभिन अविनोले सर्वाधिक ४० रन बनाइन् भने जानेट एमबाबाजीले २७ रनको योगदान दिइन्। यसबाहेक अन्य खेलाडीले भने सम्झनलायका प्रदर्शन गरेन्। यता नेपालले पनि अतिरिक्त १३ रन प्रदान गरेको थियो। नेपालका लागि कविता कुँवररुविना क्षेत्री र इन्दू वर्माले क्रमशः २, १ र १ विकेट लिए।

पहिलो पारीमा नेपालका लागि ओपनर ज्याति पाण्डे अर्धसतक प्रहार गर्नबाट तीन रनले चुकिन। उनले ५४ बलमा पाँच चौकाको सहयोगमा ४७ रन बनाएरु आउट भइन्। अर्की ओपनर विन्दू रावल भने चार रनमै आउट भइन्।

Laxmi sunrise bank
kumari

नेपालका लागि सिता राना मगरले १२ रन बनाइन भने कप्तान रुविना क्षेत्रीले अविजित १८ रन बनाइन्। बाँकी खेलाडीले सम्झालायक प्रदर्शन गर्नै सकेनन्। आजको खेलमा कविता कुँवर र सरिता मगर शून्य रनमै आउट भए।

यता युगान्डाका फिओना, सराह एकिटेङ र कोन्सी अवेकोले समान २–२ विकेट गिराए। त्यस्तै, जानेट एमबाबाजी र रिता मुसामालीले समान १–१ विकेट लिए।

पहिलो खेलमा टस जितेर बलिङ गरेको नेपाली टिमले १२ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले टस हार्यो। टस हारेर नेपालले पहिलो ब्याटिङको निम्तो पाएको थियो।

त्यो खेलमा नेपालले एक विकेटको हार बेहोरेको थियो। आज भने नेपालले टस जितेर ब्याटिङ राजेको थियो। नेपालले युगान्डासँग दुई खेल खेल्न बाँकी छ। ती दुई खेल जेठ ६ र ७ गते हुनेछन्।

प्रकाशित: May 19, 2022| 16:58 बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।