आइतबार, असार २२, २०८२

नेपालले टस जितेर ब्याटिङ रोज्यो

पहिलो खेलमा टस जितेर बलिङ गरेको नेपाली टिमले १२ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले टस हार्यो। टस हारेर नेपालले पहिलो ब्याटिङको निम्तो पाएको थियो।
 |  बिहीबार, जेठ ५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ५, २०७९

vianetvianet

काठमाडौं- युगान्डाविरुद्धको तेस्रो खेलमा नेपालले टस जितेको छ। कीर्तिपुरस्थिति त्रिवी क्रिकेट मैदानमा एक बजेबाट सुरु हुने खेलका लागि नेपाली महिला टिमले टस जितेर ब्याटिङ गर्ने भएको छ।

पहिलो खेलमा टस जितेर बलिङ गरेको नेपाली टिमले १२ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले टस हार्यो। टस हारेर नेपालले पहिलो ब्याटिङको निम्तो पाएको थियो।

त्यो खेलमा नेपालले एक विकेटको हार बेहोरेको थियो। आज भने नेपालले टस जितेर ब्याटिङ रोजेको हो।

नेपाललाई सिरिज जोगाउन आज अन्तिम अवसर रहेको छ। आजको खेलमा नेपालले हार बेहोरेको अवस्थामा नेपालले जिरिज जित्ने छैन। त्यति मात्र होइन अब सिरिज जित्नका लागि नेपालले बाँकी तीन खेलमा नै जित निकाल्नु पर्नेछ।

प्रतियोगिताअघि नेपाललाई विजेता टिमको रुपमा हेरिएका भए पनि फिल्डिङ र खेलाडीको फिटनेस राम्रो नहुँदा नेपालले हार बेहोरेको प्रशिक्षक जगट टमाटाले बताउँदै आएका छन्।

प्रकाशित: May 19, 2022| 13:01 बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।