मंगलबार, फागुन १९, २०८२

सिरिज बचाउने नेपाललाई अन्तिम अवसर

कीर्तिपुर मैदानमा जारी पाँच खेलको टी २० सिरिजअन्तर्गत आज नेपाली महिला टिमले तेस्रो खेल खेल्न लागेको हो।
 |  बिहीबार, जेठ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ५, २०७९

काठमाडौं- नेपाली महिला क्रिकेट टिमले आज युगान्डाविरुद्ध तेस्रो खेल खेल्दैछ। कीर्तिपुर मैदानमा जारी पाँच खेलको टी २० सिरिजअन्तर्गत आज नेपाली महिला टिमले तेस्रो खेल खेल्न लागेको हो।

सुरुमा जितको लक्ष्य राखे पनि नेपालले सुरुका दुई खेलमा जित निकाल्न सकेको छैन। त्यसैले आजको खेलमा जित निकाल्न नसके नेपालले सिरिज गुमाउनेछ।

आजको खेलमा युगान्डाले जित निकाल्यो भने उसले यो सिरिज जित्नेछ। त्यसैले सिरिजको उपाधि बचाउनका लागि आज नेपाललाई अन्तिम अवसर रहेको छ।

पहिलो खेलमा नेपालले १२ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले एक विकेटको हार बेहोरेको थियो। यता नेपाली टिममा प्रशिक्षक जगत टमाटो सामान्य फेरबल गरेर खेलाइरहेका छन्। उनले नयाँ र युवा खेलाडीलाई पनि अवसर दिने बताएका छन्।

टमाटाका अनुसार नेपाली खेलाडीले फिटनेसमा ध्यान दिन सके र फिल्डिङमा राम्रो गर्न सके जित निश्चत छ। तर विश्वकप छनोट देखि नै महिला टिमको फिल्डिङ विर्सनलायक छ।

kumari

प्रकाशित: May 19, 2022| 10:04 बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।