आइतबार, मंसिर ७, २०८२

फ्रांकफर्टले जित्यो युरोपा लिगको उपाधि

बुधबार राति सम्पन्न युरोपा लिगको फाइनल खेलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै फांकफर्टले उपाधि जितेको हो।
 |  बिहीबार, जेठ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ५, २०७९

काठमाडौं- जर्मन क्लब आइन्ट्राक्ट फ्रांकफर्टले युरोपा लिगको उपाधि जितेको छ। बुधबार राति सम्पन्न युरोपा लिगको फाइनल खेलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै फांकफर्टले उपाधि जितेको हो।

National life

युरोपको दोस्रो श्रेणीको लिगअन्तर्गत क्वार्टरफाइनल राउन्डमा स्पेनिस क्लब बार्सिलोनालाई हराएको फांकफर्टले फाइनलमा रेन्सर्जसँग १-१ को बराबरी खेलेको थियो। जहाँ, खेलको ५७औं मिनेटमा जोय अरिबोले गोल गरेका थिए भने खेलको ६९औं मिनेटमा फांकफर्टका राफेल मौरीले बराबरी गोल फर्काएका थिए।

त्यसपछि गोल हुन सकेन। बराबरीका कारण अतिरिक्त समय थपिए पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा रेन्जर्सका आरोन रामसीले गोल गर्न सकेनन्। उनीबाहेक सबै खेलाडीले गोल गरेपछि फ्रांकफर्टले ५-४ ले खेल जितेको हो।

खेलको सेमिफाइनलमा फ्रांकफर्टले आरबी लाइप्जिकलाई हराएको थियो भने रेन्जर्सले वेस्ट हामलाई हराएको थियो।

प्रकाशित: May 19, 2022| 09:37 बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।