बुटवल- रुपन्देहीको मायादेवी गाउँपालिकामा नेपाली कांग्रेसका ध्रुव नारायण चौधरी फेरि दोहोरिएका छन्। चौधरीले ५ हजार ३ सय ८६ मत ल्याएर दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका राम अधारे अहिरले ४ हजार ९ सय ८८ मत प्राप्त गरे।
उपाध्यक्षमा लोसपाकी नर्वदादेवी उपाध्याय ४ हजार ९ सय ४२ मत ल्याएर विजयी भएकी छन्। उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसको तारादेवी यादवले ४ हजार ८ सय ८९ मत प्राप्त गरिन्।