बुधबार, पुस ९, २०८२

फिल्ममा कुपोषितको अभिनय गरेका बालकको कुपोषणबाटै निधन

 |  मंगलबार, चैत १९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १९, २०८१

काठमाडौं-‘लाज शरणम्’ फिल्ममा कुपोषित बालकको भूमिकामा अभिनय गरेका १५ वर्षीय विकास केसीको कुपोषणकै कारण मृत्यु भएको छ।

National life

फिल्मका निर्देशक कुमार कट्टेल ‘जिग्री’ मंगलबार ले सामाजिक सञ्जालमार्फत उनको निधन भएको जानकारी दिएका छन्। २०६६ साउन १ मा जन्मिएका केसीको मंगलबार (चैत १९) मा निधन भएको हो।

निर्देशक कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्, 'कुपोषणबाट नेपालमा अझै बालबालिकाले ज्यान गुमाइरहेका छन्। विकासको मृत्युले हामीलाई स्तब्ध बनाएको छ। यो घटनाले कर्णालीको कष्टकर जीवन र बाल मृत्युदरप्रति सरकारको ध्यान जाओस्।'

उनले फिल्ममार्फत कर्णालीको वास्तविकता उजागर गर्न खोजिएको र कला क्षेत्रबाट कुपोषणविरुद्ध आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन्।

फिल्म परिवारले केसीको आत्माको शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। टोलीले सरकार र सम्बद्ध पक्षलाई कुपोषणबाट हुने बाल मृत्यु रोक्न गम्भीर बन्न आग्रह गरेको छ।

Laxmi sunrise bank
kumari

फिल्ममा वास्तविक कुपोषित बालकको चरित्रमा देखिएका केसी कर्णाली क्षेत्रका बासिन्दा थिए। उनको जटिल कुपोषणको उपचारका लागि सुटिङपछि ग्रीन सिटी अस्पताल ल्याइएको थियो।

अस्पतालले कान्ति बाल अस्पताल रिफर गरे पनि त्यहाँ उपचार सम्भव नभएको भन्दै फर्काइएको थियो। फिल्म टोलीले सुटिङका क्रममा उनको स्याहार, खानेकुरा, लत्ताकपडा र परिवारको सहजताका लागि मोबाइलसहित सहयोग गरेको थियो।

'लाज शरणम्' कर्णालीको दु:खलाई चित्रण गरिएको चलचित्र हो। एक महिना अगाडि प्रदर्शनमा आएको चलचित्र अहिले पनि हलहरुमा चलिरहेको छ।

प्रकाशित: Apr 01, 2025| 20:00 मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्