शुक्रबार, असोज १६, २०८३

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ८ को मृत्यु, ७७ जना घाइते

 |  शुक्रबार, असोज १६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०८३

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएका छन्।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ तथा मधेश र सुदूरपश्चिममा प्रदेशमा २, कोशी, बागमती र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ।

त्यस्तै देशभर भएका दुर्घटनामा ७७ जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा १५ जना घाइते भएका छन् भने कोशीमा २२ जना, काठमाडौँ उपत्यकामा ११ जना, सुदूरपश्चिममा ८ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा ९ जना र गण्डकीमा ६ जना घाइते भएका छन्।

प्रकाशित: Oct 02, 2026| 13:31 शुक्रबार, असोज १६, २०८३
प्रतिक्रिया दिनुहोस्