मंगलबार, जेठ १, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • टी-२० लिग व्यवस्थापन गर्ने भारतीय कम्पनीको विश्वसनियतामा प्रश्न

टी-२० लिग व्यवस्थापन गर्ने भारतीय कम्पनीको विश्वसनियतामा प्रश्न

क्यान केन्द्रीय समितिको बैठकले नेपाल टी२० लिगको आयोजना गर्ने जिम्मेवारी सेभेन थ्री स्पोर्ट्सलाई बेच्‍ने भएपछि क्यानको व्यापक विरोध भएको थियो। त्यसपछि गत असोज २० र २१ गते बसेको बैठकले सो सम्झौता फिर्ता लिने निर्णय गरेको थियो। तर सम्झौता भइसकेको विषयमा फिर्ता लिन नपाइने भन्दै सेभेन थ्री स्पोर्ट्सले धम्की भरिएको पत्र क्यानलाई पठायो।
 |  बिहीबार, जेठ ५, २०७९

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, जेठ ५, २०७९

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता ‘नेपाल टी२० लिग’ आगामी सेप्टेम्बरबाट सुरु गर्नेबारे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। यसको सबै अधिकार क्यानलाई भए पनि उसले लिगको कमर्सियल पार्टनरको रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्‌सलाई ८ वर्षको लागि जिम्मा दिएको छ।

क्यान केन्द्रीय समितिको बैठकले नेपाल टी२० लिगको आयोजना गर्ने जिम्मेवारी सेभेन थ्री स्पोर्ट्सलाई बेच्‍ने भएपछि क्यानको व्यापक विरोध भएको थियो। त्यसपछि गत असोज २० र २१ गते बसेको बैठकले सो सम्झौता फिर्ता लिने निर्णय गरेको थियो। तर सम्झौता भइसकेको विषयमा फिर्ता लिन नपाइने भन्दै सेभेन थ्री स्पोर्ट्सले धम्की भरिएको पत्र क्यानलाई पठायो। पत्रमा सम्झौता अनुसार काम नगरे कानुनी प्रक्रिया अघि बढाउने धम्की क्यानले पाएको थियो।

क्यानका बोर्ड सदस्य ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतारा, मोहम्मद दाउद अन्सारी, सञ्जय राज सिंह र छुम्बी लामाले पुस ७ गते बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका थिए। सोही राजीनामा दिने क्रममा उनीहरुले क्यानमा आएको धम्कीपूर्ण इमेलबारेमा पनि जानकारी गराएका थिए।

त्यसपछि धनगढीमा गत फागुन १४ गते सम्पन्‍न साधारणसभाबाट क्यानले पुनः प्रतियोगिताको राइट सेभेन थ्री स्पोर्ट्सलाई नै बेच्ने निर्णय गरेको थियो। त्यसपछि जेठ ४ गते प्रतियोगिताको आयोजना घोषणा गरिएको हो।

यसरी क्यान र सेभेन थ्री स्पोर्ट्सको सम्झौताको सुरुआत नै निकै कटुताबाट सुरु भएको छ। तर, बुधबार आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव प्रशान्तविक्रम मल्लले यो सम्झौताबाट ढुक्क रहन सबैलाई आग्रह गरेका छन्।

यता २०७६ सालमा १३ औं दक्षिण एसियाली खेलकुद प्रत्यक्ष प्रशारणको अधिकार पाएको एक भारतीय कम्पनीले दिएको चेक पनि बाउन्स भएका थियो। त्यो कम्पनी अहिलेसम्म सम्पर्कमा आएको छैन। त्यस्तै, अफगानिस्तान र बंगलादेशमा त्यहाँको क्रिकेट लिगको जिम्मेवारी पाएका भारतीय कम्पनीको काम अपारदर्शी भएको भन्दै आईसीसीले प्रतिबन्ध लगाएको थियो। यस्तोमा नेपालमा चाहिँ सफल हुन्छ नै भन्‍ने ‘ग्यारेन्टी के त?

जवाफमा क्यान सचिव मल्ल भन्छन्, ‘अब बाटोमा हिँड्दा चट्याङ लाग्यो भनेर अरुले बाटोमा हिँड्नै बन्द गर्न मिल्दैन। एक दुई घटना भए भनेर सधै त्यही हुन्छ भन्ने पनि छैन। एकपटक ढुन्डीवाल भन्ने आएर एक प्रतियोगिता गराएर विवाद पनि भयो। तर यो सम्झौता धेरै वर्षका लागि भएकाले त्यस्तो हुँदैन। अहिले यति भन्न सकिन्छ कि बोर्डले गरेको कुरालाई विश्वास गरिदिनु होस्।’

उनले यो सम्झौता सफल भए पनि नभए पनि त्यसको जिम्मेवारी आफैंले लिने बताएका छन्। यता यो प्रश्न उठ्नुअघि सेभेन थ्री स्पोर्ट्स सट्टेबाजी कम्पनी हो भन्ने शंकाहरु पनि फैलिएका थिए। यसबारेको चासोमा चाहिँ कम्पनीका प्रबन्ध निर्देशक जतिन अहुवालिया गतल सूचना फैलाइएको बताउँछन्।

उनले भने, ‘हाम्रो लागि दुर्भाग्यको कुरा हो कि एक अनलाइन मिडियाले गलत सूचना राखेर हाम्रो बारेमा भ्रम फैलाइरहेको छ। नेपालमा जस्तै भारतमा पनि सट्टेबाजी अवैधानिक छ र हामी भारत सरकारको मातहतमा रहेका कम्पनी हौँ। हामी व्यावसायिक कम्पनी पनि हौँ।’

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने शुभकामना मन्तव्य राख्दै

जतिनले आफ्नो कम्पनीले भारत, बंगलादेश र श्रीलंकामा पनि काम गरिरहेको बताएका छन्। उनले टेलिभिजन राइटको सन्दर्भमा फ्रेन्च ओपन, यूएस ओपन, बुन्डेसलिगाजस्तो प्रतियोगिताको काम गरिरहेको उदाहरण प्रस्तुत गर्दै आफूलाई विश्वास गर्न आग्रह गरेका छन्। उनले २०१४ को विश्वकपको एसिया ब्रोडकास्टिङमा पनि काम गरेको अनुभव रहेको बताए।


अहिले प्रतियोगिताको आयोजक को हो भन्नेमा पनि दुविधा पैदा भएको छ। तर, त्यस्तो दुविधामा नरहनका लागि क्यानका सचिव प्रशान्त विक्रम मल्ल आग्रह गर्छन्। उनले प्रतियोगिताको सबै अधिकार क्यानलाई हुने पनि बताए। ‘उहाँहरुले सुरु गर्नुहुन्छ। मोडल कस्तो हो भन्ने सुरुमा उहाँहरुले बनाउनु हुन्छ। सेभेन थ्री स्पोर्ट्सले छोडेपछि त्यो हाम्रै रहन्छ,’ प्रतियोगितामा सेभेन थ्री स्पोर्ट्सको भूमिकाबारे मल्लले प्रस्ट पार्दै भने, ‘उहाँ कमर्सियल पार्टनरको हिसाबले रहनुहुन्छ।’

यो आठ वर्षको सम्झौता हो। आउँदा आठ वर्षमा क्यानले ३३ करोड लिने सेभेन थ्री स्पोर्ट्सँग सम्झौता गरेको छ। त्यो रकम विभिन्‍न किस्तामा प्राप्त हुनेछ। हरेक आयोजनाबाट क्यानले चार करोड रुपैयाँ पाउने छ।

‘यो रकममध्ये १५ प्रतिशत सम्झौता भएको १५ दिन भित्रमा, बाँकी १५ प्रतिशत सम्झौता भएको ४५ दिनमा र बचेको ७० प्रतिशत प्रतियोगिता सुरु हुनुभन्दा एक दिनअघि क्यानको खातामा जम्मा हुनेछ,’ सचिव प्रशान्तले भनेका छन्, ‘यसरी पहिलो संस्करणको लागि प्राप्त हुने १५ प्रतिशत क्यानको खातामा जम्मा भइसकेको छ।’

क्यान केन्द्रीय समितिको बैठकले नेपाल टी२० लिगको आयोजना गर्ने जिम्मेवारी सेभेन थ्री स्पोर्ट्सलाई बेच्‍ने भएपछि क्यानको व्यापक विरोध भएको थियो। त्यसपछि गत असोज २० र २१ गते बसेको बैठकले सो सम्झौता फिर्ता लिने निर्णय गरेको थियो। तर सम्झौता भइसकेको विषयमा फिर्ता लिन नपाइने भन्दै सेभेन थ्री स्पोर्ट्सले धम्की भरिएको पत्र क्यानलाई पठायो।

तर क्यानले टेन्डर आह्वान नगरेर नै सेभेन थ्री स्पोर्ट्सलाई यो अधिकार प्रदान गरेको छ। यसबारेमा भने उनी फ्रेन्चाइजमा टेन्डरको परम्परा नरहेको बताउँछन्। प्रशान्तले भने, ‘हामीलाई धेरै कम्पनीले एप्रोच गर्न आए। त्यसमा हामीले सबैभन्दा बेस्ट छान्यौँ। आधिकारिक रुपमा विडिङ भने निकालेको होइन। र, विश्वमा त्यस्तो कतै पनि हुँदैन। तर, यो कुरामा पारदर्शिताको प्रश्‍न भने अवश्य पनि उठ्ने छ।'

यसअघि क्यानले नै नेपाल प्रिमियर लिग गराउनेबारे प्रयास गरेको थियो। तर नेपाल प्रिमियर लिगको अधिकार नेपाल क्रिकेट संघबाटै एक व्यक्तिको नाममा दर्ता भएको छ। यसकारण क्यानले नेपाल प्रिमियर लिग लिन नपाएको हो।

त्यसपछि नेपाल टी–२० लिग नाममा क्यानले फ्रेन्चाइज प्रतियोगिता सुरु गर्न लागेको हो। यो फ्रेन्चाइज लिगमा ६ टिमलाई सहभागी गराउने क्यानले जानकारी दिएको छ। ती ६ टिमले डबल राउन्ड रोबिन शैलीमा खेल्नेछन्। तर, होम एन्ड अवे भने पनि सबै खेल कीर्तिपुरमा रहेका छन्। होम एन्ड अवेका लागि मैदान फरक हुनुपर्ने हो। तर सबै खेल एकै भेन्यूमा हुने भएका छन्। ‘सुरुमा हामीले ६ टिम भनेको हो। अर्को संस्करणमा टिम बढ्नेछन्। होम एन्ड अवेको कन्सेप्ट कस्तो हो भने भेन्यु त्यहीँ भए पनि एक खेलमा एक टिमलाई होममा खेलेको अनुभव हुन्छ, अर्को पटक अवे मैदानमा खेलेको फिल हुने गरी हामी व्यवस्था गर्नेछौं।’

उनले पछि होम एन्ड अवे गर्ने गरी तयारी गर्ने पनि बताएका छन्। यता क्यानका अध्यक्ष चतुरबहादुर चन्दले धनगढीमै आयोजना भएको साधारणसभामा सी ग्रेडका खेलाडीले पाँच लाख पारिश्रमिक पाउने बताएका थिए। यसबारे प्रष्ट पार्दै चन्दले भने, ‘हाम्रो लक्ष्य त्यो नै हो। कमर्सियल पार्टनरसँग हामीले त्यो विषयमा पनि सम्झौता गरिसकेका छौं। ए, बी र सी भन्ने ग्रेड रहेको छ। त्यसमा सी ग्रेडको खेलाडीले पाँच लाख पाउने सुनिश्चितता गरिरहेका छौं। ए ग्रेडले १५ लाख र बी ग्रेडका खेलाडीले १० लाख पाउनेछन्।’

यता, आईसीसीले चाहिँ एक देशमा एउटा मात्र यस्तो प्रतियोगिताको लागि मान्यता दिने गरेको छ। त्यसका लागि क्यानले यो वर्षबाट आफ्नो लिग सञ्चालन गर्न लागेको बताएको छ। यता विगत पाँच वर्षदेखि आयोजना हुँदै आएको ईपीएल पनि यो वर्ष हुने आयोजक ईपीएल प्रालिले बताइसकेको छ। उसले त क्यानले मिति पनि दिइसकेको जानकारी दिएको छ।

तर क्यानका तर्फबाट अध्यक्ष चन्द र सचिव मल्लले ईपीएललाई मिति नदिएको जानकारी दिए। त्यस्तै अब ईपीएलको भविष्यमाथि पनि प्रश्न उठेको छ। ईपीएल मात्र होइन नेपालमा धनगढी  प्रिमियर लिग र पोखरा प्रिमियर लिग पनि हुने गरेका छन्। अब ती प्रतियोगितामा पनि विदेशी खेलाडीले खेल्न नपाउने भएका छन्।

किनभने एकमात्र प्रतियोगितामा विदेशी खेलाडी राख्न पाउने आईसीसीले मान्यता दिने गर्छ। यसकारण अब बाँकी तीनै लिग प्रादेशिक लिग बराबर हुने अध्यक्ष चन्दले बताए।

यो फ्रेन्चाइज लिगमा ६ टिमलाई सहभागी गराउने क्यानले जानकारी दिएको छ। ती ६ टिमले डबल राउन्ड रोबिन शैलीमा खेल्नेछन्।

कार्यक्रमबारे बोल्दै अध्यक्ष चन्दले भने, ‘सबै देशको आफ्नो लिग छ। नेपालमा पनि आफ्नो लिग हुने भएको छ। सबै देशमा आईसीसीले विदेशी खेलाडी ल्याउन र खेलाउन एउटा मात्र लिगलाई मान्यता दिन्छ। क्यानको निलम्बनको समयमा तीन लिग भएका थिए। २० हजार तिरेर ती प्रतियोगिताले मान्यता पाएका थिए। अब यस्तै शैलीको कुनै पनि लिगका लागि क्यानले मान्यता दिँदैन।’

उनले सेभेन थ्री स्पोर्टससँग सन् २०२० को जन ९ मा पहिलो पटक सम्झौता भएको बताएका छन्। तर कोभिड महामारीको कारण लामो समय प्रतियोगिता आयोजना हुन सकेन। उनले भने, ‘वर्षको ४ करोड २० लाख पार्टनरले क्यानलाई दिने भन्ने विषयमा सम्झौता गरेको थियो। नेपाल क्रिकेट संघमा यो रकमभन्दा ठूलो कुनै प्रस्ताव आएन। र, यो कुरा नै सर्वसम्मतले पारित पनि भयो। पहिलो सम्झौता भैसकेपछि कोभिडले गर्न पनि दिएन। सरकारबाट अनुमति पाएपछि मात्र गर्ने भन्ने भयो।’

यता नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले यस्तो प्रतियोगिताले खेलाडीलाई उत्साही बनाएको बताएका छन्। उनले भने, ‘यो लिगले सबै खेलाडीलाई उत्साही बनाएको छ। मैले पनि पहिलो पल्ट आईपीएल खेल्दा धेरै खुसी भएको थिएँ। यो लिगले खेलाडीलाई एक्स्पोजर दिनेछ भने विदेशमा खेल्नका लागि पनि सहयोग गर्नेछ।’

लिगले खेलाडीलाई आर्थिक रुपमा पनि सहयोग गर्ने सन्दीप बताउँछन्। उनले क्यानलाई धन्यवाद दिँदै खेल्नका लागि उत्साही रहेको बताए।

खेल विकासको माध्यम हो क्रिकेट : मन्त्री गहतराज

क्यानले प्रस्ताव सुनाएपछि हामीले यो लिगबारे गहिरो अध्ययन गर्यौं। त्यसबाट नेपालको अर्थतन्त्रमा पारेको प्रभावको मूल्याकंन गरेका थियौं। एउटा धेरै ठूलो संस्थाको साधारणसभाबाट पारित गरेर आज सार्वजनिक भएको छ। यो खुसीको दिन हो।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथक

क्रिकेटको विकासको सन्दर्भमा यो ठूलो दिन हो। हामीले पहिले भलिबल खेलको र फुटबल खेलग्राम बनाउने भन्थ्यौं। तर अहिले हरेक ग्राउन्डमा क्रिकेट जोड्नपर्ने भएको छ। हामीले धेरै ठाउँमा यस्तो गरेका छौं। क्रिकेट खेल विकासको माध्यम हो। विश्वमा स्थापित खेलाडी नेपाल आउने विश्वास लिएको छु। विश्वमा पनि क्रिकेटले बजार लिइरहेको छ।


गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला, झापाको दमकमा पनि क्रिकेटको रंगाशाला बन्दैछ। त्यस्तै फाप्लालाई पनि क्रिकेटको मैदानको रुपमा विकास गरिँदै छ। किनभने क्रिकेट खेल विकासका लागि महत्वपूर्ण छ।

सरकार र मन्त्रालयले कानुनी अड्चन समाधान गर्न सहजीकरण गर्नेछ। सिंहदरबारभित्रको लगानीबाट मात्र खेलको विकास सम्भव छैन। देशको कुल बजेटको ०.१ प्रतिशत मात्र छ, खेलमा बजेट। त्यसले विकास होला भन्‍ने कल्पना पनि गर्न सकिँदैन। सबै खेलमा हामी सहजीकरण गर्नेछौं, निजी क्षेत्रको संलग्नाता विना खेलको विकास सम्भव छैन। हामी पीपीपी मोडेलबाट अघि बढाउने छौं।
प्रकाशित: May 19, 2022| 14:22 बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।